कोलम्बियामा पहिरोले बस पुरिँदा ३३ जनाको मृत्यु

SHARE:

एजेन्सी डिसेम्बर ६ ।

कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक गाउँमा यात्रुबहाक बस पुरिएको हो । मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन् । कोलोम्बियामा भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जनजीवन अस्तब्यस्त बनेको छ । पहिरोका कारण कयौं कच्ची घरहरु भत्किएका छन् ।

यसैबीच, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गर्नुभएको छ । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!