तेश्रो चरणको गोर्खा वार्ता डिसेम्बर १५ र १६ मा हुने

SHARE:

लण्डन डिसेम्बर ८ ।

बेलायत र नेपाल सरकार जीटुजी तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरु सम्मिलित तेश्रो चरणको वार्ता १५ र १६ डिसेम्बर २०२२ का दिन हुने भएको छ ।

बेलायती रक्षामन्त्रालयका तर्फबाट संयोजक तथा इन्टरनेशनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसनले १५ डिसेम्बर बिहान १० बजे वेल्फेयर र १६ डिसेम्बर बिहान १० बजे पेन्सन सवालमा छलफलका लागि प्रस्ताव गरेका हुन् । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल रत्न गोदारले वार्ताबारे बुधबार जानकारी दिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

तेश्रो चरणको वार्ता दोश्रो जस्तै प्राविधिक तहमा हुने पनि प्रमुख संयोजक राईले बताए । उनले भने, ‘वार्ता सकारात्मक ढंगले अगाडि बढिरहेको छ । के के प्राप्ति हुन्छ अहिले नै भन्न नसकिएपनि मार्चभित्र उपलब्धिमूलक वार्ता हुनेमा हामी आशावादी छौं ।’ यसअघि गत ३० नोभेम्बर बुधबार लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा प्रतिनिधि समेतको सहभागितामा नेपाल र बेलायत सरकारका प्रतिनिधिहरुबीच प्राविधिक तहमा वार्ता भएको थियो । उक्त वार्तामा पहिलोपटक पेन्सन विषयमा गहन छलफल भएको थियो ।

गत ३ नोभेम्बरमा मन्त्रिस्तरिय पहिलो वार्तापछि त्यसैको निरन्तरता स्वरुप चरणवद्ध वार्ता अगाडि बढेको हो । भूतपूर्व गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अंगभंग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्य लगायत एजेण्डामा वार्ता केन्द्रित छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!