याक्थुङ माङ्गेना चुम्लुङ युकेले आइतबार चासोक तङ्नाम मनाउने

SHARE:

लन्डन ९ डिसेम्बर २०२२ । याक्थुङ माङ्गेना चुम्लुङ युकेले आइतबार लिम्बुहरुको विशेष चाड चासोक तङ्नाम मनाउने भएको छ ।

नेपालबाट आएका चर्चित गायक ब्रबिम सेर्माको प्रस्तुतिसहित विभिन्न कार्यक्रम आयोजना गरी बृहत्‌रुपमा चासोक तङ्नाम मनाउन लागिएको हो ।
‘चासोक तङ्नाम तथा सांगीतिक कार्यक्रम २०७९’ अल्डरसटमा हुने अध्यक्ष कल्पना आङ्बोहाङले बताइन् । याक्थुङ माङ्गेना चुम्लुङ यूके बेलायतवासी लिम्बु महिलाहरुको संस्था हो । याक्थुङ माङेना चुम्लुङ युकेले प्रत्येक वर्ष बलिहाङ/चासोक तङ्नाम नियमितरुपमा मनाउँदै ल्याएको छ ।

कार्यक्रममा “तरेवा थिक निसुङरो चासोक तङ्नाम ओ’ नामक गीति एल्बमको प्रिमियर सो गरिने अध्यक्ष कल्पना आङ्बोहाङले बताइन् । लिम्बु गीति एल्बममा शब्द कल्पना आङबुहाङ, स्वर, कला चेम्जोङ र बिकास तुम्वापो, अभिनय, कलाकार कमला सेन्दाङ लिम्बू, सबिन तुम्बाहाङ्फे रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!