अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै

SHARE:

एजेन्सी डिसेम्बर ९ ।

अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रूसमाथि लगाइने प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रूस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ ।

उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । प्रतिबन्धबाट रूसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन् । म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ। बेलायत र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको चीनको सैन्य सामर्थ्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रूसलाई अमेरिकी चुनौतीका रूपमा प्रस्तुत गरेको थियो । चीन र रूसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेको पेन्टागनले बताउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!