कंगोमा बाढी पहिरोमा परी १ सय बढीको मृत्यु

SHARE:

एजेन्सी डिसेम्बर १४ ।

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षा भएपछि आएको बाढी पहिरोमा १ सय जना भन्दा बढीको मानिसको मृत्यु भएको छ ।

कंगोकोे राजधानी किन्सासाका विभिन्न जिल्लाका सयौं घरहरू भत्कनुका साथै डुबानामा परेकाले हजारौं मानिसहरू घरबारबिहीन भएका हुन् । राजधानी किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका अधिकांश घरहरू पहिरोले पुरिएका छन् । नदीको बाढी बस्तीमा समेत पस्दा त्यहाँका सर्वसाधारणको बिचल्ली भएको छ ।

कंगोका प्रधानमन्त्री जिन मिशेल सामा लुकोन्डोले घटनाप्रति दुस्ख व्यक्त गर्दै उद्धारकार्य तीब्र गतिमा भइरहेको जानकारी दिए । भारी वर्षा अझै जारी रहेको र भग्नावशेषमा पुरिएकाहरूकोे उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । किन्सासाको २४ वटा इलाकामा १ करोड २० लाख मानिसको बसोबास रहेको छ ।

त्यहाँका अधिकांश घरहरू डुबानमा पर्नुका साथै सडकहरू समेत भासिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!