नेपाल, बेलायत र गोर्खा भूपू सैनिक प्रतिनिधिबीच वेलफेयर र पेन्सनबारे वार्ता, के भयो ?

SHARE:


लन्डन १६ डिसेम्बर २०२२ । नेपाल सरकार, बेलायत सरकार र गोरखा भूतपूर्व सैनिक प्रतिनिधिहरूबीच गोर्खा भूतपूर्व सैनिकहरूको कल्याणकारी व्यवस्था र पेन्सनबारे वार्ता भएको छ ।

बेलायती रक्षा मन्त्रालयमा बिहीबार भएको वार्ताको पहिलो चरणमा कल्याणकारी व्यवस्थाबारे छलफल भएको थियो । बिहान १० बजेदेखि १२ बजेसम्म भएको सो छलफलमा गोरखा सैनिकका तर्फबाट गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति र नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा) का सभापति केशबहादुर गुरुङले गोरखा सैनिहरूको वेलफेयरका बारेमा विभिन्न बुँदाहरू प्रस्तुत गरेका थिए ।

वार्तामा सहभागी गुरुङले आफूहरूले गोरखाहरू र उनीहरूका सन्ततिलाई नेपालमा बसोबासमा सहयोग गर्नुपर्ने, भूतपूर्व सैनिकका छोराछोरीहरूलाई बेलायतले छात्रवृत्ति दिनुपर्ने, नेपालमा बसोबासरत गोरखा र उनीहरूका परिवारहरूलाई निशुल्क स्वास्थ्य सुविधा दिइनुपर्ने, हालसम्म गोरखा भूतपूर्व सैनिकहरूलाई गोरखा वेलफेयर ट्रष्ट नामक च्यारिटीबाट स्वास्थ्यसेवा दिइँदै आएकोमा रक्षा मन्त्रालय र राष्ट्रिय स्वास्थ्य सेवामातहतबाट दिइनुपर्ने कुरा उठाएको जानकारी दिए । उनले नेपालमा बसोबास गरिरहेका गोरखा भेट्रानहरूलाई बेलायतमा दिइँदै गरेसरह सुविधा दिनुपर्ने, विधवाहरू तथा च्यारिटी पेन्सन पाउनेहरूका बारेमा पनि आफूहरूले आवाज उठाएको उनले थपे ।

त्यस्तै, दोस्रो चरणको वार्ता पेन्सनबारे भएको थियो । उता पेन्सन सम्बन्धी वार्तामा गोरखाहरूका तर्फबाट ब्रिट्रिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान र मेजर उदयबहादुर गुरुङ थिए । बेलायतले शुरूमा पेन्सनबारे कुरा गर्न इन्कार गरे पनि नेपाल र गोरखाहरूको दबाबका कारण उनीहरूका कुरा सुन्न सुरु गरेको छ ।

वार्तामा नेपाल सरकारको तर्फबाट सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार र द्वितीय सचिव रामबाबु नेपाल, बेलायतका तर्फबाट जेम्स ग्रीनफोर्डको नेतृत्वमा सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!