भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ५३ जनाको मृत्यु

SHARE:

एजेन्सी डिसेम्बर १६ ।

 

 

 

भारतको बिहार राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवनबाट ५३ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै २४ जनाको मृत्यु मसरखमा भएको छ भने बाँकी २९ जनाको सारणको इसुपुर, अमनौर र मरहौरा क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थप १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र पाँच जनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विरामी अधिकांशको आँखाको ज्योति पनि गुमेको छ।

सारणका जिल्ला मजिस्ट्रेट राजेश मीनाले हालसम्म १२३ जनासहित चारजना सप्लायरलाई पक्राउ गरिएको बताका छन् । घटनाको छानबिन गर्न बिहार सरकारले विशेष अनुसन्धान टोली एसआईटी गठन गरेको छ। टोलीको नेतृत्व सोनपुरका एएसपी अञ्जनी कुमारले गर्नेछन् ।

सारण जिल्लाको मसरकाह प्रहरी चौकीका एसएचओ र चौकीदारलाई कर्तव्यमा लापरवाही गरेको आरोपमा निलम्बन गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!