एजेन्सी डिसेम्बर १७ ।

अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी परेका छन् ।
यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ ।
अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ । सीडीसीको तथ्याङ्कअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् ।
इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यसै साता भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।






