तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

SHARE:

पाल्पा । आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको मुख्य पाँचौँ गन्तव्यस्थल बनाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७५/७६ का लागि तानसेन नगरपालिकाको तेस्रो नगरसभाद्वारा पारित नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरणका लागि आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बाह्य पर्यटकका लागि तानसेनलाई मुख्य १० स्थानको सूचीमा पुर्‍याउने लक्ष्यका साथ योजना निर्माण कार्य अघि बढाएको जानकारी दिइयो । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले शिक्षा, खेलकूद, मनोरञ्जन, स्वास्थ्य, धार्मिक क्षेत्रमा आधारित पर्यटन विकासका लागि साझेदारी अवधारणामा कम्तीमा रु पाँच अर्ब लगानी भित्र्याउने लक्ष्य रहेको बताए ।

पर्यटन क्षेत्रको विकासका लागि चीनको कोरला नाकादेखि नवलपुर जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको आयोजना तथा छेर्लुङ–तानसेन खण्डलाई सिद्धार्थ रार्जमार्गमा जोडी तानसेन–सुनौली डेडिकेटेड फास्ट ट्र्याक निर्माण गरी सञ्चालन गर्ने तानसेन नगरपालिकाको नीति, बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।

आगामी चार वर्षभित्रमा रिडी रानीघाट एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याउने, तानसेन–१० गुफाचौरमा मुलुककै ठूलो गणेशधामका रुपमा स्थापना गरी कम्तीमा वार्षिक १० हजार धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ काम अघि बढाउने गरी योजना निर्माण गरिएको प्रमुख शाहीले बताए ।

तानसेन नगरपालिकाले नगरक्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीयस्थल, तालतलैया र सीमसार क्षेत्रको विकासका लागि गुरुयोजना तयारी गरी सोका आधारमा योजना कार्यान्वयन गरिनेछ । नीति, बजेट तथा कार्यक्रममा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, रिडीको ऋषिकेश, रतनपाडे, साधनास्थल, लिपिनदेवी, भगवती मन्दिर, अमरनारायण मन्दिर, वंशगोपाल, कोकलदेवी, माण्डण्य आश्रम, गुफाचौरलगायत क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि प्राथमिकताका साथ योजना अगाडि बढाएको छ ।

तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले आव २०७५÷७६ का लागि रु ८० करोड १३ लाख १० हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । तीमध्ये चालूतर्फ रु ४७ करोड ५९ लाख र पुँजीगततर्फ रु ३२ करोड ५३ लाख रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!