एजेन्सी डिसेम्बर २० ।

अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ ।
डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ । सन् २०२१ को जनवरीमा अमेरिकाको संसद रहेको क्यापिटल हिल भवनमा ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।
राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जित र ट्रम्पको हारको विरोधमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको मृत्यु भएको थियो । अमेरिकी तल्लो सदनले गठन गरेको समितिले १८ महिना लगाएर क्यापिटल हिल आक्रमणको छानबिन गरेको हो ।
समितिले ट्रम्पविरुद्ध भिड परिचालन गरेको, अमेरिकामाथि धोका र साजि गरेको, कानूनी कामकारबाहीमा बाधा पु¥याएको र गलत बयान दिएको आरोप लगाएको छ।






