
नेपाली साहित्य विकास परिषद् युकेको नयाँ कार्यसमिति गठन
रजत महोत्सव पुरस्कार विजय थापा र डम्वर सुब्बालाई प्रदान
लन्डन – बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युके को २७औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १३औँ कार्यकारिणी समिति चयन गरेको छ ।
वेस्ट लन्डन, एक्टन स्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट निर्बाचित भएका २५ सदस्यीय नया कार्यसमितिमा कोमलप्रसाद श्रेष्ठ मल्ल अध्यक्ष, ध्रुव केसी वरिष्ठ सह-अध्यक्ष र चार जना सह-अध्यक्षहरूमा वसन्त रायक्षेत्री, रेशम अर्याल, डा.सुधा श्रेष्ठ र गोकुल भण्डारी रहेका छन् भने दुई जना उपाध्यक्षहरूमा, वाचस्पति रेग्मी र डम्बर सिंह ‘प्रयास’ रहेका छन् । यसैगरी वीरेन्द्र कुँवर महासचिव, मनोज अन्जान वरिष्ठ कोषाध्यक्ष, डा.संगिता श्रेष्ट ‘स्वेच्छा’ सह-महासचिव र एभरेष्ट गौतम सचिवमा निर्बाचित भएका छन् । यसैरी कार्यकारिणी सदस्यहरूमा हरि केसी, कल्पना आङ्बुहाङ, सुमेर ज्ञवाली र वासुदेव सापकोट रहेका छन् । मिडिया कोअर्डिनेटरहरूमा नविन पोखरेल, नरेश खापाङ्गी मगर र शिव भणडारी रहेका छन् । पछि पुर्ति गर्ने गरी केही कार्यकारिणी पदहरू रिक्त राखिएका छन् ।
यसैगरी १५ सदस्यीय सल्लाहकार समितिमा डा. राघवप्रसाद धिताल ओबिई प्रमुख सल्लाहकार र सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, हरिसिंह थापा, खगेन्द्र नेपाली, हरिविभोर कार्की, मदन थापा, महन्त श्रेष्ठ, घनबहादुर थापा मगर, डा. गोपाल पौडेल, कृष्ण भट्ट, विजय थापा, डा.जनककुमारी धिताल, सोलिसिटर राजु विक्रम थापा, कमल भण्डारी र बालजंग अर्याल रहेका छन् ।
साधारण सभाले कार्यसमितिको निर्बाचनका लागि परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहको अध्यक्षतामा पूर्व अध्यक्षहरू द्वय हरिसिंह थापा, खगेन्द्र नेपाली र सल्लाहकार मदन थापा रहेको चार सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । नव निर्बाचित पदाधिकारीहरूको पद शुसोभन कार्यक्रम पछि अर्को कार्यक्रमा गरिने भएको छ । यस अघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा बसेको साधारण सभाले कोषाध्यक्ष मनोज अन्जानद्वरा प्रस्तुत आर्थिक प्रतिवेदन र महासचिव वीरेन्द्र कुवँरद्वारा तयार पारिएको वार्षिक प्रगति प्रतिवेदनहरू माथि बुँदागत छलफल गरी पारित गरेको थियो ।
यसैगरी साधारण सभाले परिषद्को सन् २०२० मा आफ्नो पच्चीसौँ स्थापना दिवसका अवसरमा स्थापित गरेको विशिष्ट रजत महोत्सव अभिनन्दन पदक पुरस्कार आगामी सन् २०४५ मा पुग्ने हिरक महोत्सवसम्म हरेक वर्ष दुई जनालाई नेपाली भाषा साहित्य, कला र पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रदान गर्दै जाने निर्णय गरेको छ ।
साथै साधारण सभाले यस वर्षको ‘नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन साहित्य पदक पुरस्कार’ नेपाली साहित्य विकास परिषद्को स्थापना कालदेखि आवद्ध रही संस्थागत प्रकाशनमा विशेष योगदान पु-याउनुका साथै लन्डनमा नेपाली रेडियो तथा टीभी सञ्चार सञ्चालन र स्थापनाकाल देखि दशकौँ सम्म परिषद्को लालिगुँरास साहित्यिक पत्रिका र यती संस्थाको यतीपत्र प्रकाशन सम्पादन मण्डलमा रही बेलायतमा नेपाली भाषा साहित्यको समृद्धि तथा प्रसारमा प्रशंसनीय योगदान पु-याए बाफत परिषदका पूर्व कार्यकारिणी तथा प्रकाशन सम्पादन मण्डलका सदस्य तथा यती संस्थाका पूर्व महासचिव सञ्चारकर्मी समाजसेवी विजय थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी ‘नेसाविप विशिष्ट रजत महोत्सव अभिनन्दन् साहित्य कला पदक पुरस्कार’ गीतसङ्गीतको क्षेत्रबाट नेपाली साहित्य विकास परिषदमा सक्रिय सहभागिता राख्दै आएका कोसेली नेपाली सांस्कृतिक परिवार युकेका पूर्व कार्यकारिणी पदाधिकारी वरिष्ठ कलाकार डम्वर सुब्बालाई बेलायतमा कलाकारिताको माध्यमबाट नेपाली भाषा साहित्य गीतसङ्गीतको श्रीवृद्धि र प्रसार प्रचारमा उल्लेखनीय योगदान पु-याएबाफत प्रदान गर्ने निर्णय गरेको छ । यी दुबै पुरस्कारहरू आगामी नेपाली नया वर्षका अवसरमा परिषदद्वारा आयोजना हुने वियमित कार्यक्रममा सुशोभन गरिने भएको छ ।
साधारण सभाले परिषद्का भर्चुअल कार्यक्रमहरूमा कोलकता भारतबाट साहित्य तथा गीतसङ्गीत संयोजनमा सक्रियरूपले सहयोग र सहभागिता राख्दै आउनु भएका श्री जानकीमाता धार्मिक संघका अध्यक्ष गुन्जादास श्रेष्ठ र सास्कृतिक सचिव कलाकार सुश्री सन्तोषी कार्कीलाई परिषद्को मानार्थ सदस्य प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी साधरण सभाले १२औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का हरेक वार्षिक कार्यक्रमहरूमा सक्रियरूपले लागिपर्नु हुने कार्यसमितिका पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू,परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू,परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरू, कोसेली नेपाली सांस्कृतिक परिवार युकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार युकेका अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू, श्री जानकी माता धार्मिक संघ कोलकत्ता,भारतका अध्यक्ष तथा पदाधिकारीहरू, र आर्थिक तथा भौतिक सहयोग गर्नुहुने डा.राघवप्रसाद धिताल ओबिई, डा.जनककुमारी धिताल, मीनू छिब्बर, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, महन्त श्रेष्ट, घन बहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, रेशम अर्याल,मनोज अन्जान, ज्ञानेन्द्र राउत,कोहिनूर मल्ल, सीतू खरेल, वाचस्पति रेग्मी,नविन पोख्रेल, शिव भण्डारी, सबैको सहयोगका सराहना गर्दै धन्यवाद प्रस्ताव पारित ग-यो ।






