बेपत्ता युवाको खोजी गरिदिन एनआरएनए यूकेको अपिल: एनआरएनए युके

SHARE:

१ डिसेम्बर देखि बेपत्ता युवा किरण पुनको खोजी गरिदिन एनआरएनए यूकेले अपिल गरेको छ। अपिल जस्ताको त्यस्तै।

बेपत्ता युवाको खोजी गरिदिन एनआरएनए यूकेको अपिल

भरतमणि चोङ्बाङ, बेलायत – एनआरएनए युकेका प्रमुख सल्लाहकारज्यू, सल्लाहकार ज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, युके बासी संघसंस्थाका अध्यक्षज्यूहरु तथा प्रतिनिधि ज्यूहरु एवं एनआरएनए युकेका सम्पूर्ण पंजीकृत सदस्य ज्यूहरु लगायत तथा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु हार्दिक नमस्कार।

भूतपूर्व ब्रिटिश गोर्खा तीर्थबहादुर पुनको एकमात्र छोरा किरण पुन तीन सातादेखि सम्पर्कमा नआएको भन्ने परिवारले बताएकाले उनको खोजीका लागि सबैमा अपिल गर्दछु ।पारिवारिक श्रोतका अनुसार, बेलायतको एम्सबरी घर भएका ३६ वर्षीय किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता छन् ।

छोरालाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडेर बाबु फर्किए तर छोरा त्यसदिनदेखि बेपत्ता भएकाले यसले परिवारजनलाई निकै चिन्तित तुल्याएको छ ।

किरणको अवस्थाबारे वील्सायर प्रहरीमा रिपोर्ट भइसकेको छ । प्रहरीले किरण फार्नबोरो ट्रेन स्टेसन (मेन) मा झरेको देखेपनि थप जानकारी पाएको छैन् ।किरण एनआरएनए यूकेको पञ्जीकृत सदस्य पनि हुन् ।

पुनको परिवार र प्रहरीको आग्रह बमोजिम एनआरएनए यूकेले किरणको खोजीलाई तीव्र बनाएको छ र यस कार्यमा तपाईंहरु सबैको सहयोग अपेक्षा गर्दछु ।

उनीबारे केही जानकारी भए स्थानीय सेल्सबरी प्रहरी,गैर-आवासीय नेपाली संघ यूकेका अध्यक्ष ०७८३३५०७६६६ र देवी पुन (बहिनि) ०७८४६४४५४८ सम्पर्क गरिदिनु हुन विनम्र आग्रह गर्दछु ।

भवदीय,

भरतमणि चोङ्बाङ
उपाध्यक्ष / प्रवक्ता
गैर आवासीय नेपाली संघ युके ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!