अफगानिस्तानमा महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि ३ वटा एनजीओले काम रोके

SHARE:

एजेन्सी डिसेम्बर २५ ।

तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा काम गरिरहेका तीन वटा प्रमुख गैरसरकारी संस्था एनजीओले काम रोकेका छन् ।

अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी काम गरिरहेका केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी परिषद् र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति निकालेर आफूहरूले महिला कर्मचारीविना आफ्नो काम जारी राख्न नसक्ने बताएका बीबीसीले जनाएको छ । उनीहरूले आफूहरूका महिला कर्मचारीले निर्बाध काम गर्न पाउनुपर्ने बताएका छन् । तालिबानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि हिजो शनिवार गैरसरकारी संस्थाहरूलाई आदेश दिँदै महिलालाई काममा लगाउन प्रतिबन्ध लगाएको हो ।

अफगानिस्तानको अर्थ मन्त्रालयले निकालेको विज्ञप्तिमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोडु पालना नगरेको गम्भीर गुनासो आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको उल्लेख छ । यसैबीच संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगान महिलालाई काम गर्नबाट नरोक्न तालिबान प्रशासनसमक्ष आग्रह गरेका छन् ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने तालिबान सरकारको आदेशले आफूलाई चिन्तित बनाएको भन्दै महासचिव गुटेरेसले निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । महिलालाई काम गर्न नदिने तालिबानको निर्णयले महिला र युवतीलाई मद्दत गर्ने देशभरका धेरै संस्थाको कामलाई कमजोर बनाउने उनले बताएका छन् ।

तालिबान सरकारले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएपछि यसको विश्वभरबाट आलोचना भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!