एजेन्सी डिसेम्बर २६ ।

अमेरिकाको टेक्सासदेखि क्यानडाको क्युबेकसम्म बिस्तार भएको हिमआँधीका कारण अमेरिकामा २२ जनाको मृत्यु भएको छ।
त्यसमध्ये अधिकांशले सडक दुर्घटनामा परेर ज्यान गुमाएका छन् । हिमपातका कारण दशौं लाख नागरिक विद्युत्विहीन भएका छन् । तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियस पुगेको छ भने हिमपातका कारण यातायात अवरुद्ध भएको छ ।
हजारभन्दा बढी हवाई उडान रद्द भएका छन् भने हजारौं यात्रु अलपत्र भएका छन्। सरकारी अधिकारीहरुले अनावश्यक रुपमा घरबाट ननिस्कन र न्यानोका उपाय अपनाउन आग्रह गरेका छन् ।
हिमपातका कारण जापानमा पनि १३ जनाको मृत्यु भइसकेको छ।






