
प्रधानमन्त्री प्रचन्डलाई जन् -प्रगतिशील मंच बेलायतद्वारा हार्दिक बधाई
बिमला लिम्बु, बेलायत – 16 December 2022.
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सो उपलक्षमा जन्-प्रगतिशील मंच बेलायतका अध्यक्ष मन बहादुर गुरुङ र महासचिब बिमला लिम्बुले संयुक्त रुपमा हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
कमरेड प्रचण्डलाई एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंह गरेर एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।
प्रचण्डलगायत नवनियुक्त उपप्रधान मन्त्रीहरु र मन्त्रीहरुले राष्ट्रपति विद्या देबी भण्डारीबाट शपथ लिएसकेका छन। यस सरकारलाई समर्थन गर्ने संख्या बढिरहेको छ।







