तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ/ को हुन् हरि गुरुङ ?

SHARE:

तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ – तस्बिर : एस के गुरुङ

लन्डन। बेलायतकै नेपाली संस्थाहरुमध्येकै ठूलो तमुधिं यूकेले नयाँ नेतृत्व पाएको तमुधिँ युकेको अध्यक्षमा हरि गुरुङ निर्वाचित भएका छन् तमुधिँ युकेको आज  २६ डिसेम्बर २०२२ मा सम्पन्न बाइसौँ वार्षिक साधारण तथा बाह्रौँ महाधिवेसनले गुरुङकोअध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो

  प्रमुख आयुक्त एकेन्द्र गुरुङ, मेजर कृष्णबहादुर गुरुङ र नारायणसिंह गुरुङ आयुक्त रहेको समितिले नयाँ कार्यसमिति निर्वाचन गराएको थियो। प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जुमकाजी गुरुङ, परशु गुरुङ र कमल कोने गुरुङ चुनिएका छन् भने महासचिवमा डा विशाल गुरुङ, सचिवमा विमल गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ र सहकोषाध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन भएका छन्।

कार्यसमिति सदस्यहरुमा भोज गुरुङ, मोति गुरुङ, लिदिया गुरुङ, हेलिसा गुरुङ, बिनु गुरुङ, चन्द्रादेवी गुरुङ, गुड्डु गुरुङ, नरबहादुर गुरुङ, दीपक गुरुङ र सोम घले छन् । त्यस्तै स्पोर्टस् सेक्रेटरी क्या दीपक घले, कल्चरल सेक्रेटरी साधुराम गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, मिलन तमु र मदन गुरुङ, युवा संयोजक राजेन्द्र गुरुङ, च्यारिटी संयोजक कुमार घले र प्रोपर्टी मेम्बर अरुण गुरुङ चुनिएका छन् ।

आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित भएकी छन्।आमा समूहमा उपाध्यक्षहरु कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ, महासचिव शान्ता गुरुङ, सचिव अञ्जु गुरुङ, कोषाध्यक्ष मुना गुरुङ र सहकोषाध्यक्ष श्रीमती ध्रुव गुरुङ सहित सदस्यहरूमा सगुन गुरुङ, रजनी गुरुङ, सावित्री गुरुङ, सुप्रिया गुरुङ, कृष्णकुमारी गुरुङ, लिडिया गुरुङ, चन्द्रादेवी गुरुङ, इन्द्रा गुरुङ, नन्दा गुरुङ, पञ्च गुरुङ, शोभा गुरुङ, सीता गुरुङ, सुषमा गुरुङ, देवकला गुरुङ पञ्च गुरुङ रहेका छन्

शपथ लिएलगत्तै अध्यक्ष हरि गुरुङले संस्थाको भवनलाई ट्रस्टीहरुको नामबाट संस्थाकै नाममा सार्ने, भवनको १९ हजार पाउन्ड ऋण चुक्ता गर्ने र तमुधिं यूकेलाई आवश्यकता परेमा अझै ठूलो भवन व्यस्थापन गर्नेसम्मका प्रतिवद्धता गरेका छन्।

साधारणसभाको पहिलो सत्रमा अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, आमा समूहकीअध्यक्ष सीता (मञ्जु) गुरुङले पानसमा बत्ती बाली अधिवेसनको उद्घाटन गरेका थिए महासचिव पर्शु गुरुङलेकार्यक्रमको रुपरेखा तथा हेल्थ एण्ड सेप्mटीका बारेमा जानकारी दिएका थिए
कार्यक्रममा उपस्थित अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत गरेका थिए भने अध्यक्ष हितकाजीगुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए
कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तब्य दिनुका साथै आमा समूहका महासचिव, शाखाका अध्यक्षहरु, तमुधिँ केन्द्रका महासचिव, कोषाध्यक्षले प्रतिवेदन पेश गरेका थिए त्यसपछि अध्यक्ष हितकाजी गुरुङलेविभिन्न विषयमा जानकारी दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए तत्पश्चात उनलेकार्यसमिति विघटन गरेका थिए

अधिवेशनमा निवर्तमान अध्यक्ष हित काजी गुरुङले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट गरेका थिए।

को हुन् हरि गुरुङ ?

डिसेम्बर २०२२ को अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष हरि गुरुङको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । हरि गुरुङको जन्म विक्रम सम्वत २०२१ सालमा ठाना मौला फलेवास नगरपालिका पर्वतमा भएको हो । वहाँको बुवाको नाम स्व. सुवेदार भिम बहादुर गुरुङ र आमाको नाम श्रीमती लक्ष्मी गुरुङ हो । वहाँले परोपकार माध्यमिक विद्यालय काठमाण्डौंबाट एस.एल.सी. गर्नु भएको थियो भने पृथ्वी नारायण क्याम्पस पोखराबाट वाणिज्य शास्त्रमा स्नातक गर्नु भएको छ । त्यसरी नै वहाँले होटेल मेनेजमेन्टमा र सेक्युरिटी सिस्टममा डिप्लोमा गर्नु भएको छ । र सिटी एण्ड गिल्डसबाट मेकानिकल इन्जिनियर्स गर्नु भएको छ । हाल वहाँ रोयल स्कुल अफ मिलिटी इन्जिनियरिङको प्रशिक्षकमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीकाल देखि नै वहाँ कुनै न कुनै निहुँमा समाज सेवामा संलग्न हुनुहुन्थ्यो । विद्यार्थीको हक र हितको लागि जहिले पनि अग्रसर भएर काम गर्नु हुन्थ्यो । गाउँ घरको परम्परा र संस्कृति अध्ययनमा रुचि राख्नुहुन्थ्यो । गुरुङको संस्कार संस्कृतिको संरक्षणमा विद्यार्थी जिवनदेखि नै सकृय र कृयाशिल हुनुहुन्थ्यो ।
समाज सेवा गर्ने हुट हुटी हुँदा हुदै पनि वहाँ १९८८ मा ब्रिटिश सेनामा भर्ती हुनुभयो । ब्रिटिश सेनामा १७ वर्ष सेवा गरे पश्चात २००५ मा वहाँ सेवा निवृत्त हुनुभयो । अनि वहाँ समाजसेवामा लाग्नु भयो । वहाँ तमू धीं युकेको आजीवन सदस्य, सचिव, महासचिव दुई कार्यकाल उपाध्यक्षमा रहेर सेवा गर्नु भएको छ । त्यसरी नै वहाँ अरु संस्थाहरुमा पनि त्यतिकै सकृय भएर काम गर्नु भएको छ । मेडस्टोन नेपाली समाज युकेको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । त्यस अलावा वहाँ गैह्र आवशिय नेपाली संघ युके, सहारा युके, मेडस्टोन नेपाली समाज युके, चार भञ्ज्याङ अन्र्तराष्ट्रिय समन्वय समितिमा सल्लाहकारमा हुनुहुन्छ । त्यसै गरि तमू धीं नेपाल, वि.सि.सि. केन्ट, बुद्धिस्ट गुम्बा रिडिङ्ग र डायमन्ड बुद्धिस्ट सेन्टरको ट्रष्टीज हुनुहुन्छ । बेलायतमा गुरुङको भाषा, संस्कार, संस्कृति र इतिहास लेखिरहेको संस्था तमु फोरम युकेको सह निर्देशक हुनुहुन्छ । संस्कृति, इतिहासको अध्ययनमा विशेष रुची राख्ने वहाँ हरि गुरुङ श्रीमती सन्ध्या गुरुङ र छोरा छोरीको साथ बेलायत केन्टमा बस्नुहुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!