तमु ल्होछार मनाउन सिक्किमका गुरुङ टुल्कु लण्डन आईपुगे

SHARE:

तमु ल्होछार मनाउन सिक्किमका गुरुङ टुल्कु लण्डन आईपुगे

पूर्ण गुरुङ

लण्डन । सिक्किमका हिज इमिनेन्स टुल्कु योन्तेन ग्यात्सो गुरुङ लण्डन आईपुगेका छन् । उनी मंगलबार साँझ लण्डन आइपुगेका हुन् । उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले आउने शुक्रबार ३० डिसेम्बरका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा आयोजना गर्न लागेको तमु ल्होछार कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी हुन बेलायत आएका हुन् । उक्त तमु ल्होछारका दिन हिज इमिनेन्स टुल्कुले धार्मिक प्रवचन, पूजापाठ, वाङ (अभिषेक) प्रदान गर्ने छन् ।

उनको स्वागार्थ बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी युके लण्डन शाखाकी पूर्व आमा अध्यक्ष अन्तिम तमुस्यो, रेडिङ बुद्धिष्ट गुम्बाका अध्यक्ष तथा पदाधिकारी एवं सदस्य, मन्जुश्री माने मलमकी तारा गुरुङलगायत भक्तजन, शुभचिन्तकलगायत आफन्तहरु हिथ्रो एयरपोर्ट पुगेका थिए । छोटो समयका लागि बेलायत भ्रमणमा रहेका हिज इमिनेन्स टुल्कु ग्यात्सोले बेलायतका विभिन्न स्थानमा धार्मिक पूजापाठमा सरीक रहने बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङले जानकारी दिए ।

त्यस्तै, बीसीसी युकेले गत २५ डिसेम्बरका दिन सेचेन गुम्बाका हिज होलिनेश रब्जम रिन्पोछेको गुम्बामा जन्मजयन्ती मनाएको छ । सोही क्रममा बीसीसी युकेका अध्यक्ष, आमा अध्यक्ष उर्मिला गुरुङलगायतले सेचेन गुम्बाका खैबा तिर्थ गुरुङलाई समेत गुम्बामा स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!