किरण पुन खोजी अभियान
बेलायत – १ डिसेम्बर २०२२ देखि बेपत्ता युवा किरण पुनको खोजी गरिदिन हाम्पसायर काउन्टीकन्स्टबलरीले “किरण पुन खोजी अभियान” शुरु गरेको छ। किरण पुनको अवस्था हालसम्म अज्ञात स्थितिमा रहेको छ। उनको अवस्थाको बारेमा छानविन तथा सोधपुछ गर्नको लागि फिलीटबाट एक जना, अल्डर्सटबाट एक जान र फार्नबोरोबाट तिनजना युवाहरुलाई स्थानीय प्रहरीले सोधपुछ गरी प्रहरीको निगरानीमा छोडेका छन।
हाम्पसायर काउन्टी कन्स्टबलरीले बेपत्ता किरण पुन खोजी गर्नका लागि सम्बभित बिभिन्न क्षेत्रहरुमा सम्पर्क समिति खडा गरेको छ। बेलायतको हाम्पसायर काउन्टी काउन्सिल अन्तर्गत रस्मरबोरो काउन्सिलका काउन्सिलर नेम थापाले जानकारी दिएअनुसार “किरण पुन खोजी अभियान” को लागि निम्न क्षेत्रका व्यक्तिहरुलाई सम्पर्क गर्नको लागि अनुरोध गरिएको छ:
फार्नबोरो क्षेत्रको लागि – काउन्सिलर नेम थापा (07809 430725)
अल्डर्सट क्षेत्रको लागि – काउसिलर जीव बेल्बासी (07900 905379)
बेजिङ स्टोक क्षेत्रको लागि – योग कुमार फगामी (07787 193929)
एन्डोभर क्षेत्रको लागि – गंगा राना (07828173561)
जमान्शेर राई – Sec Amebury Nepali Community UK (07403262467)
प्रेम गाहामगर – President NRNUK – (07833 507666)
हाम्पसायर काउन्टी कन्स्टबलरीले उक्त अभियानलाई High Risk Major Investigation मा राखेको छ। यदि यस मुद्दासंग सम्बन्धित गतिबिधि तथा सुचना प्राप्त भएमा सोझै प्रहरीलाई 101 मा सम्पर्क गर्नु सक्नुहुनेछ। मुद्दाको Reference Number 44220510992 प्रहरीलाई टिपाउन सक्नुहुनेछ।
भूतपूर्व ब्रिटिश गोर्खा तीर्थबहादुर पुनको एकमात्र छोरा किरण पुन १ डिसेम्बर देखि सम्पर्कमा नआएको भन्ने परिवारले बताएकाले उनको खोजीका लागि हाम्पसायर काउन्टी कन्स्टाबलरीले खोजी कार्यलाई तिब्र पारेको छ ।पारिवारिक श्रोतका अनुसार, बेलायतको एम्सबरी घर भएका ३६ वर्षीय किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता भएका छन ।
तिर्थ पुनले उनका छोरा किरण पुनलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडेर बाबु फर्किए घरमा फर्किएका थिए। प्रहरीले किरणलाई फार्नबोरो ट्रेन स्टेसन (मेन) र अल्डर्सट ट्रेन स्टेसनमा झरेको सिसिटिभी फुटेजमा देखेको जानकारी दीइएको छ।
किरण पुनको परिवार र स्थानीय प्रहरीको आग्रह बमोजिम मगर संघ युकेलगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाहरुलाई किरणको खोजीको लागि तीव्र बनाएको छ।






