​तमु प्ये ल्हु संघ यूकेले ह्यारोमा ल्होसार मनायो, बिरालो वर्गको स्वागत

SHARE:


लन्डन ३१ डिसेम्बर २०२२ । तमु प्ये ल्हु संघ यूकेले तमु ल्होसार भव्यताका साथ मनाएको छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुअ आतिथ्यतामा तो ल्हो (बाघ वर्ग)लाई बिदाइ र ‘हि ल्हो’ (बिरालो वर्ग) लाई स्वागत गर्दै शुक्रबार ह्यारोमा विभिन्न कार्यक्रम गरी ल्होसार मनाइएको हो । कार्यक्रममा अतिथिहरू एनआरएनएका अध्यक्ष प्रेम गाहामगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरूङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरूङलगायत बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू सहभागी थिए ।

समारोहमा पच्यु, क्ल्हेप्रीले ग्रहशान्तिका लागि पूजापाठ गरेका थिए । यस्तै कार्यक्रममा तमुको क्होंइबो धिं बनाउन सहयोग गर्नुहरुलाई सम्मान गरिएको थियो । नेपालबाट आएका गायक/गायिका, नायक/नायिका, मोडलहरुलाई पनि स्वागत सम्मान गरिएको थियो भने कलाकारले विभिन्न संस्कृति झल्किने नाचगान प्रस्तुत गरेका थिए ।

तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर टु क्ल्हेप्रीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव भुवानी गुरुङले चलाएका थिए । जातीय पोसाकमा सजिएर बाक्लो मात्रामा तमु र नेपालीहरुको उपस्थितिमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान र खुसीयाली छाएको थियो । सांस्कृतिक कार्यक्रम भने मिस यूके नेपाल दुर्गा गुरुङ र सिर्जना गुरुङ तथा अनिता गुरुङ र ओम गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!