नेपाली भिलेज यूकेका लागि १६ करोड बराबरको जग्गा किनियो, मेजर गुरुङ दम्पतीले बुझे चाबी

SHARE:

लन्डन ५ जनवरी २०२३ । बेलायतको वेल्स राज्यमा ‘नेपाली भिलेज’ बनाउन जग्गा खरिद गरिएको छ ।

नेपालीले संयुक्त लगानीमा बनाउने नेपाली गाउँका लागि २४ एकर जग्गा खरिद गरिएको परियोजना प्रमुख निर्देशक रिटायर्ड मेजर खुशीमान गुरुङ एमभिओ जानकारी दिए । उनका अनुसार परियोजनाका लागि चार बेडरुम घरसहितका संरचनाहरु रहेको २४ एकर (लगभग १९० रोपनी) जग्गा खरिद गरेको हो । सो को मूल्य ९ लाख ४० हजार पाउण्ड (करिब १६ करोड रुपैयाँ) छ ।

घरजग्गा वेल्सस्थित ब्रेकन टाउनबाट ८ माइलको दूरीमा छ । परियोजनामा हालसम्म २२७ जना शेयरधनी छन् । सोलिसिटरहरुको रोहवरमा सम्पूर्ण रकम भुक्तानीपछि ४ जनवरी बुधबार जग्गाधनीबाट चाबी लिइएको छ ।

स्थानीय मेयर डेविड मरिडीडको उपस्थितिमा जग्गाधनी र नेपाली भिलेज यूकेका तर्फबाट परियोजना प्रमुख डाइरेक्टर रिटायर्ड मेजर गुरुङ एवं केही डाइरेक्टरबीच घरको चाबी बुझ्दै कागजातहरुमा हस्ताक्षर आदानप्रदान भएको छ ।

मेजर गुरुङ दम्पतीले नेपाली परम्परागत वैदिक तरिकाले दीप कलशको पूजाआजा गर्दै घरको चाबी बुझेका थिए । लगातार ६० वर्ष भोगचलन गर्दै आएकी घरधनीले घरको चाबी हस्तान्तरण गर्दा निकै भावुक हुँदै नेपाली भिलेज यूकेको परियोजनाबारे थाहा पाएपछि आफ्नो घर जग्गा दिएको र यसले निकै खुसी तुल्याएको बताइन् ।

उक्त अवसरमा परियोजना प्रमुख गुरुङले सम्पूर्ण शेयरहोल्डर, डाइरेक्टर साथै यससँग जोडिएको सबैलाई केवल परियोजनाबारे कल्पना गरेको एक वर्षमा नै सोचे जस्तै जग्गा किन्न सफल भएकोमा बधाई तथा धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!