शिवालयहरूमा भक्तजनको भीड

SHARE:

भक्तपुर । साउनको पहिलो सोमबार सोमबार भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।

केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेलगायतका विभिन्न जिल्लाबाट आउने भक्तजनको बिहान ३ बजेदेखि नै घुइँचो लागेको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा मन्दिर प्राङ्गणमा आजदेखि ३७ दिने श्रावणी मेला सञ्चालन भइरहेको समितिका सचिव एवं प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले बता० ।

मन्दिर दर्शनका लागि लाइन सहज बनाउन कुपन प्रणालीको व्यवस्थाका स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्था गरिएको छ । त्यसैगरी आशापुरी महादेव मन्दिर र दत्तात्रय मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!