पितृपूजा गरेर बेलायतबासी मगरहरुले मनाए धुमधामसंग माघे संक्रान्ति
जमुना पुन
१४ जनवरी २०२३। बेलायत। नेपालको तेस्रो ठुलो जनसंख्या भएको तथा नेपाल आदिवासी जनजातिको सबैभन्दा ठुलो जनसंख्या भएको बेलायतबासी मगरहरुले बेलायतको बिभिन्न स्थानहरुमा बसोबास गर्ने मगरहरुले मगरहरुको सांस्कृतिक पर्व तथा नेपालीहरुको माघे संक्रान्ति मेला पितृपूजा गरेर धुमधामसंग मनाएका छन्।
बेलायतमा मगर संघ युकेको १२ वटा शाखाहरु क्रियासिल छन। बिदेशी भूमिमा भौगोलिक बिकत्ताले गर्दा एकैदिन माघे संक्रान्ति मनाउन असमर्थ भएपनि प्राय: शाखाहरुले आज सनिवार १४ जनवरीको दिन माघे संक्रान्ति मेला मनाएका छन। सोहि माघे संक्रान्ति मनाउनेक्रममा मगर संघ युके युएचएसबी शाखाले बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा माघे संक्रान्ति मेला धुमधामले पितृपूजा गरेर मनाएका छन।
मगर संघ युके युएचएसबी शाखाले माघे संक्रान्ति मेलालाई तिन चरणमा संचालन गरेको थियो। पहिलो चरणमा पितृपूजा गरेका थिए। पितृपूजाका संयोजक ओम थापा काउचाले उपस्थित सम्पूर्ण भक्तजनहरुको पितृहरुलाई पितृपूजा गराउदै पितृपूजा र माघे संक्रान्तिको औचित्य र संबन्धको बारेमा ब्यख्यात्मक प्रवचन दिएका थिए। उनले पुजाबाट प्राप्त भएको रकम परोपकारी कार्यमा खर्च गरिने जानकारी दिएका छन।
कार्यक्रमको दोस्रो चरणमा माघे संक्रान्तिको औपोचारिक कार्यक्रम दिप प्रज्वलन गरेर संचालन गरिएको थियो। कार्यक्रममा संस्थाका दिबंगत आत्माहरुको २ मिनेट मौन धारण चीर शान्तिकोगरेर कामना गर्दै नेपाल र मगरको राष्ट्रिय गीत बजाएका थिए। कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि, आमन्त्रित पाहुनाहरुलगयत उपस्थित सम्पूर्ण महानुभाबहरुलाई आसन ग्रहण गरिएको थियो। सो कार्यक्रममा प्रमुख अतिथि मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष लाल पुन र बिशेष अतिथि गैर आबासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहमगरले आ-आफ्नो शुभकामना मन्तब्य दिएका थिए। मगर संघ युके युएचएसबी शाखाका अध्यक्ष ऋषिराम रानाको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संथाका उपाध्यक्ष धना रोकामगरले स्वागत मन्तब्य दिएका थिए भने संथाका सचिब गणेश बुराथोकीले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रमको तेस्रो चरणमा बिबिध सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो। सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकारहरु शेखर घर्तिमगर र रुपा घर्तिमगर, स्थानीय कलाकार सन्तोष पुनलगायत अन्य कलाकारहरुले आ-आफ्नो नृत्य र गायनकलाको बेजोड प्रस्तुति गरेका थिए। अनिल थापामगर र बबिता थापामगरले सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रममा सामाजिक सेवामा सेवामा बिशेष योगदान पुराएका तथा शिक्षा क्षेत्रमा उन्नति हासिल गरेका मगरहरुलाई समान गरेका थिए भने राफल ड्र पनि संचालन गरिएको थियो।
अन्त्यमा मगर संघ युके, युएचएसबी शाखाका अध्यक्ष ऋषिराम रानाले आमन्त्रित पाहुनाहरु, उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागत गर्दै बिभिन्न जिम्मेवारी निभाएका कार्यकर्ताहरुलाई बिशेष धन्यवाद दिएका थिए। मगरहरुको सांस्कृति पर्व तथा माघे संक्रान्ति मेलामा मगर संघ युकेका पुर्व अध्यक्षहरु, ट्रष्टीहरु, सल्लाहकारहरुको बाख्लो उपस्थिति थियो।








