सुईण्डनका तामाङहरुले सोनाम ल्होसार मनाए

SHARE:

सुईण्डनका तामाङहरुले सोनाम ल्होसार मनाए

जयराम तामाङ

सुईण्डन स्थित बकहर्स्ट कम्युनटि हलमा यहि जनवरी १४ तारिख शनिबारको दिन सोनाम ल्होसार भब्यताका साथ सम्पन्न भएकोछ। गणेश दोङ तामाङ र शॅकर लामाको आयोजनमा कार्यक्रम तय गरिएको थियो। बाघ बर्गलाई बिदाई गर्दै बिरालो बर्ग लाई स्वागत गर्दै शुभकामना आदन प्रदान गरेका थिए। बिभिन्न परिकारको खाना पिनाको साथमा सम्पन्न उक्त कार्यक्रममा नगद सहित राफल चिट्ठाको पनि ब्यवस्था गरिएको थियो।

गुरुङहरुले तमु ल्होसार, तामाङहरुले सोनाम ल्होसार र शेर्पाहरुले ग्याल्पो ल्होसारको नामले मनाए पनि बर्ग गन्ने तरिका भने एकै किसिमले गरिन्छ। चाईनिजहरुले पनि नव बर्ष मनाउने तरिका नेपालीहरुले मनाउने जस्तै गरी बर्ग गन्ने गरिन्छ। तेस्रो पटक आयोजना गरिएको सोनाम ल्होसार कोभिडको कारण केहि बर्ष स्थगित भएको थियो।

अहिलेको पुस्ता पाको हॅुदै गएको हुनाले अब युबा पुस्ताले जिम्मेवारी लिएर तामाङ समाजलाई अगाडी बढाउनु पर्नेमा आयोजक गणेश दोङ तामाङ जनाएको थियो। बिभिन्न किसिमको नाचगानको साथमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न किसिमको ड्रिक्सहरु बिभिन्न ब्यक्तीहरुले आफू खुशि सित्तैमा उपलब्ध गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!