
नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा सम्पन्न
चिम्खोले काईला
१५ जनवरी २०२३, बेलायत। नेपाल पत्रकार महासंघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित द प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ। बार्षिक साधारण सभामा उपस्थित हुन नसकेका सदस्यहरु जुममार्फत जोडिएका थिए।
बार्षिक साधारण सभाको पहिलो चरणमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुबराज अर्याल र उपस्थित संरक्षकहरुले दिप प्रज्वलन गर्दै नेपालको राष्ट्रिय गित बजाएर शुरुआत गरेका थिए।
बार्षिक साधारण सभामा भर्खरै नेपालमा यति एयर लाइन्स दुर्घटनामा परेर नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको मृतु भएको जानकारी महासचिव नरेन्द्र बस्नेतले दिएका थिए। मृतक पौडेललगायत दिबंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै संस्थाले मृतक पौडेलको संझनामा एक सोक बक्तब्य प्रकाशित गर्ने निर्णय गरेकोछ ।
बार्षिक साधारण सभाको दोस्रो चरणमा महासचिवको प्रतिवेदन तथा संस्थाको प्रतिवेदन महासचिब नरेन्द्र बस्नेतले पढेर सुनाएका थिए। महासचिवको प्रतिवेदन तथा संस्थाको प्रतिवेदन उपर व्यापक छलफल भएको छ। छलफलमा संस्थाका संरक्षकहरु, भगिरथ योगी (जुम), बिपिन निरौला, श्याम लुइँटेल, अन्तराष्ट्रिय समन्य परिषदका सदस्य, संजयभक्त कंडेल, सल्लाहकारहरु जगन कार्की, लिलामान शेरपुन्जा, विश्वासदीप तिगेला, केन्द्रिय प्रतिनिधि बिमला सेने, पुर्बअध्यक्षहरु नरेश खपांगी, चिरन शर्माले शुभकामना मन्तब्यसहित सल्लाह र सुझाब दिएका छन ।
महासचिब नरेन्द्र बस्नेतले प्रतिवेदन माथि उठेका प्रश्नहरुको चित्त बुझ्दो उत्तरहरु दिएका थिए। उक्त महासचिवको प्रतिवेदन तथा संस्थाको प्रतिवेदन सुझाबसहित सर्बसम्मतद्वारा पारित भएको छ।
बार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष सर्बिंद्र कुमार (एसके) गुरुङ आर्थिक प्रतिवेदन पेश गरेका थिए। सो आर्थिक प्रतिवेदन माथि ब्यापक छलफल गरि सर्बसम्मतबाट पारित गरिएको छ।
बार्षिक साधारण सभाले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तत्काल खुला गर्न कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको छ भने च्यारिटमुलक कार्यको लागि तथा कोष संकलन गर्नका लागि यही वर्ष एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुबराज अर्यालको अध्यक्षतामा बसेको बार्षिक साधारण सभालाई बरिष्ठ उपाध्यक्ष दिनेश कुमार परिवारले स्वागत मन्तब्य दिएका थिए भने महासचिब नरेन्द्र बस्नेतले संचालन गरेका थिए। कार्यक्रममा संरक्षकहरु भगिरथ योगी (जुम), पुर्बअध्यक्षहरु नरेश खपांगी (जुम), बिपिन निरौला, श्याम लुइँटेल, संस्थापक अध्यक्ष नबिन पोख्रेल, पुर्बअध्यक्ष चिरन शर्मा, अन्तराष्ट्रिय समन्य परिषदका सदस्य, संजयभक्त कंडेल, केन्द्रिय प्रतिनिधि बिमला सेने, सल्लाहकारहरु र कार्यसमितिको उपस्थिति रहेको थियो।








