दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले भन्यो- ‘गायिका निराको निधनले स्तब्ध छौं’

SHARE:

लन्डन १६ जनवरी २०२३ । विमान दुर्घटनामा चर्चित लोक तथा दोहोरी गायिका निरा छन्त्यालको निधन भएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखा स्तब्ध भएको जनाएको छ ।

दोहोरी प्रतिष्ठान नेपाल यूके शाखाले सोमबार विज्ञप्ति प्रकाशित गरेर दोहोरी गायिका छन्त्यालको निधनले स्तब्ध भएको जनाएको हो । ‘हिजो २०७९ माघ १ गते पोखरामा भएको यति एयरलान्सको विमान दुर्घटनामा परी चर्चित लोक तथा दोहोरी गायिका निरा चन्त्यालको निधन भएको दुखद् खबरले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखा स्तब्ध भएका छौं,’ विज्ञप्तिमान भनिएको छ ।

यस्तै दोहोरी गीत प्रतिष्ठान यूके शाखाले गायिका छन्त्यासहित विमान दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माको चिर शान्तिको कामना श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकाकुल परिवारजनप्रति अकल्पनीय घटनाले पारेको बज्रपातलाई धैर्यधारण गर्न सक्ने शक्ति भगवानले प्रदान गरुन् भन्ने प्रार्थनासहित गहिरो समवेदना समेत प्रकट गरिएको छ ।

आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!