बेपत्ता किरण पुनको शब फेला
चिम्खोले काईला
१६ जनवरी २०२३- बेलायत। १ डिसेम्बर देखि बेपत्ता किरण पुन हिजो आइतवार १५ जनवरीको दिन बेलायतको अल्डर्सटस्थित ब्रिकफिल्ड कन्ट्रीपार्कमा मृत अवस्थामा फेला परेका छन। मृतक पुनक शब घटनाको अनुसन्धानमा खटिएका अधिकारीहरुले फेला पारेका हुन्।
भूतपूर्व ब्रिटिश गोर्खा तीर्थबहादुर पुनको एकमात्र छोरा किरण पुन १ डिसेम्बर देखि बेपत्ता भएका थिए। किरण सम्पर्कमा नआएपछि परिवारले उनको खोजीका लागि हाम्पसायर काउन्टी कन्स्टाबलरीले खोजी कार्यलाई तिब्र पारेको छ ।पारिवारिक श्रोतका अनुसार, बेलायतको एम्सबरी घर भएका ३६ वर्षीय किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता भएका थिए ।
१ डिसेम्बरका दिन किरणका पिता तिर्थ पुनले उनका छोरा किरण पुनलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडेर बाबु फर्किए घरमा फर्किएका थिए। प्रहरीले किरणलाई फार्नबोरो ट्रेन स्टेसन (मेन) र अल्डर्सट ट्रेन स्टेसनमा झरेको सिसिटिभी फुटेजमा देखेको जानकारी दीइएको थियो ।






