मेडिस्टोन गोर्खा नेपाली समाजको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

लन्डन १८ जनवरी २०२३ । मेडिस्टन गोर्खा नेपाली समाजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको सातौँ कार्यसमितिले समाजको आफ्नै घरमा शनिबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा वर्षभरि भएका गतिविधिहरु, आयब्यय र आर्थिक कारोबारहरुको पारदर्शिता सार्वजनिक गरिएको थियो। यस्का अलावा मेडिस्टन काउन्सिलबाट प्राप्त सहयोग रकमलाई अति आवश्यक ब्यक्तिहरुलाई जस्तै अपाङ्ता भएका ब्यक्तिहरु र अन्यलाई अतिरिक्त सामग्रीहरु सो रकमबाट बाँडिएको हो । यस्का साथै समाजले मेडिस्टन वोरो काउन्सिलसँग सहकार्य गरेर मेडिस्टन मेला, रिमेम्बरेन्स परेड (पुर्खा दिवश) र अन्य साना कार्यक्रमहरुमा सहभगिता गर्दै आएको छ । स्मरण रहोस करिब १५ वर्ष अगाडी यस काउन्सिलले मेडिस्टन म्यूजियमको प्रवेश द्वारको अगाडी ठूलै ठाउँ दिएर गोर्खा स्टाच्यू राखेको छ जस्ले गोर्खाहरुको सम्मान र गोर्खा ईन्जिनियर्सको ईज्जत बढाएको छ ।

विगत केही वर्षयता नानीहरुको लागि नेपाली भाषा कक्षा सन्चालन हुँदै आएको र उक्त कार्यको लागि केही पूर्वाधार र आवश्यक सामाग्रीहरु मेडिस्टन वोरो काउन्सिलबाट प्राप्त भएको र कक्षा सुचारु राख्नलाई नानीहरुको बाआमाबाट चाहिएको बेलामा थोरै रकम कहिलेकाहीँ लिएर काम चलाएको जानकारी संयोजक शकुन गुरुङ्ले दिए ।

साधारणसभामा समाज घरको हलबाट आएको आयब्ययको प्रतिवेदन मोहन तामाङले दिएका थिए । समाजका सिनियर भेट्रानको गतिविधि समाजका अध्यक्ष तिलकराज थापा, महिला कमिटीको गतिविधी शकुन गुरुङ्, खेलकुद गतिविधी कोर्डिनेटर लोकप्रसाद लिम्बुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनामा गोर्खा कपमा समाजबाट प्रतिनिधि टिम समावेश गराउने योजना प्रस्तुत गरे । ईन्टर्टेन्मेन्ट सचिव युनिल गुरुङ, मेडिया गतिविधि सुरेन्द्र ईङ्नाम, मेडिस्टन वोरो काउन्सिलसँगको सहकार्य तथा गतिविधिबारे वार्षिक प्रतिवेदन काउन्सिलर दिनेश खड्काले बुझाएका थिए ।

साधारण सभाको अन्त्यमा वर्तमान अध्यक्ष ध्रुव गौतमले वर्षभरि गरिएका गतिविधिहरुमा प्रतिनिधि तथा विषेश सहयोग दिएर गरेर सफल भएकोले सम्पूर्णलाई धन्यवाद दिदै भावी कार्य योजनाहरुको जानकारीका साथ साधारण सभा समापन गरेका थिए । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको सभालाई उपाध्यक्ष महेन्द्र केसी र आचु गुरुङ्ले सामूहिकरूपमा सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!