एनआरएनए यूकेले २९ जनवरीमा निशुल्क स्वास्थ शिविर गर्दै
भरतमणि चोङ्बाङ
उपाध्यक्ष तथा प्रवक्ता, गैर आवासीय नेपाली संघ युके,
१८ जनवरी २०२३, लण्डन । एनआरएनए यूकेले आउँदो २९ जनवरी आइतबार अर्को निशुल्क स्वास्थ शिविर गर्ने भएको छ।
संघले प्रत्येक महिनाको अन्तिम आइतबार यस्तो शिविर गर्ने क्रममा यो पटक पनि अल्डरसटस्थितआफ्नै कार्यालयमा गर्ने तयारी गरेको हो ।
दिउसो २ देखि ४ बजेसम्म चल्ने उक्त शिविरमा एनएचस आवद्द डाक्टर, नर्सबाट मधुमेह, ब्लड प्रेसर, मुटु रोग लगायतको ’चेकअप’ गरिने छ ।
शिविरको संयोजन एनआरएनए यूके स्वास्थ विभागका संयोजक डा. विशाल गुरुङले गरेका छन् ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शिविरमा सहभागी भएर लाभ लिन सुझाएका छन् ।
‘खास गरी हामीले अंग्रेजी राम्रो बोल्न नसक्ने, अस्पताल वा जिपी जान मेसो नपाउने बाबा आमालाईसहज होस् भनेर नियमित यस्तो शिविर गरेका हौं । यो प्रभावकारी पनि भएको छ’ गाहामगरले भने ।






