पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेको शोकसभा

SHARE:

  पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेको शोकसभा

भरतमणि चोङ्बाङ
उपाध्यक्ष तथा प्रवक्ता, गैर आवासीय नेपाली संघ युके,

१८ जनवरी २०२३, लन्डन । पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेले मंगलबार बिहान एक शोकसभा कार्यक्रम गरेको छ ।

विमान दुर्घटनाले सिंगो नेपाल शोकमा डुबिरहेका बेला दिवंगतहरुको चीरशान्तिका लागि कार्यक्रम गरिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

‘छोटो समयमा हामीले बेलायतका समस्त नेपाली संघसंस्थाको प्रतिनिधित्व गर्दै शोक सभा गरेका हौं’, गाहामगरले भने, ‘मातृभूमि वियोगमा रोइरहंदा बेलायतवासी नेपाली पनि साथमा छौं भन्ने जनाउन हाम्रो कार्यक्रम भएको हो ।’

गाहामगरले शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।

एनआरएनए यूके कार्यालय अल्डरसटमा आयोजित उक्त शोक सभामा मृतक संख्या बराबर ७२ वटा मैनबत्ति बालियो । सो क्रममा अध्यक्ष गाहामगरसहित सबै सहभागीले फूल अर्पण गरेर श्रद्धान्जलि दिएका थिए ।

एनआरएनए यूके महिला संयोजक अमृता गिरी गजुरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख सल्लाहकार रिटायर्ड क्याप्टेन वीर थापा, गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङ, तमु समाज यूकेका सल्लाहकार हितमान गुरुङ, गोर्खा मद्दत समूहका क्या. (रि) विष्णु श्रेष्ठ, युवा संयोजक अनिल मल्ल, सल्लाहकार अन्तिम गुरुङ लगायत उपस्थित भएका थिए ।

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटना भएको थियो ।

चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!