मगर संघ युके र युरोपका मगर संघहरुविच घनिभूत रुपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न।  

SHARE:

२२ जनवरी २०२३

मगर संघ युकेका सातौ कार्यसमिति सन २१ जनुअरी २०२३ को दिन वेल्जिम लुवेनमा माघे संक्रान्ति को कार्यक्रम मनाउन विश्व मगर संघ बेल्जिम को निमंत्रनामा उपस्थित भएको थियो।  कार्यक्रममा मगर संघका अधक्ष्य श्रीमती सीता पुन, बरिस्ठ उपाधक्ष्य श्री लाल बहादुर पुन , उपाधक्ष्य श्री होम रोका, महा सचिव श्री गुमान सिङ थापा, सचिव श्री गोमन सिङ पुन र भवन कोषाध्यक्ष श्री थाम बहादुर रोकाज्यु लगायत को उपस्थिति रहेको थियो।  कार्यक्रममा अधक्ष्य श्रीमती पुन ले शुभकामना मन्तव्यका क्रममा माघे संक्रान्तिको शुभकामना दिदै मगर संघ युके को आउदै गरेको ४१ औ मगर दिवस र २० औ बार्षिक उत्सबको आधिकारिक निमंत्रना बिश्व मगर संघ बेल्जिमका  अधक्ष्य ज्युलाई दिनुभएको थियो। साथै, कार्यक्रममा उपस्थित मगर संघ पोर्तुगलका अधक्ष्य श्री कमल पुनज्युलाई पनि निमंत्रना गर्नुभएको थियो।

मिति २२ जनवरी २०२३ का दिन विश्व मगर संघ बेल्जिमको अध्क्ष्यता मा युकेमा रहेका मगरहरु र युरोपमा रहेका मगरहरु बीच को सम्बन्ध र आगामी भावी कार्यक्रम कसरी अगाढी बढाउने भन्ने वारेमा लुवेनमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।  उक्त अन्तरक्रिया कार्यक्रममा मगर संघ युके बाट सहभगी टोलि, मगर संघ पोर्तुगल बाट पाल्नुभएको टोलि र विश्व मगर संघ बेल्जिम बीच छलफल र अन्तरक्रिया भएको थियो। अन्तरास्ट्रिय मगर महासंघका महासचिव साथै, जनजाती महासंघ बेल्जिमका अधक्ष्य बिरमान घर्ति मगर ज्युबाट मगरहरुको महत्व, संस्कृति, सभ्यता र विकास बारेमा जानकारी गराउनु भएको थियो। मगर संघ युके का अधक्ष्य श्रीमती सीता पुन , विश्व मगर संघ बेल्जिम अधक्ष्यका श्री लोक राना ज्यु, मगर संघ पोर्तुगल का अधक्ष्य श्री कमल पुन, विश्व मगर संघ बेल्जिमका युरोप संयोजक श्री नेत्र आले, मगर संघ युकेका युरोप संयोजक श्री होम रोका लगायतले मन्तव्य राख्नु भएको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!