तामाङ सोसाईटी युकेले हर्षउल्लासकासाथ सोनाम ल्होसार मनाए

SHARE:

तामाङ सोसाईटी युकेले हर्षउल्लासकासाथ सोनाम ल्होसार मनाए

पूर्ण गुरुङ, लण्डन । तामाङ सोसाईटी युकेले मन्जुश्री सम्वत् २८५९ औं सोनाम ल्होसार मनाएको छ । गत शनिबार २१ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध साँस्कृतिक एवं धार्मिक कार्यक्रमका साथ ह्युई ल्होसार मनाइएको हो । नेपालमा बसोबास गर्ने तामाङ जातीहरुले परापूर्व कालदेखि ल्होसारलाई बिशेष महत्वका मनाउँदै आएको छ । सोही क्रममा बेलायतमा बसोबास गर्ने तामाङ्ग जातिहरुले विविध कार्यक्रमका साथ उक्त ल्होसार पर्व मनाएका हुन् ।

कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन रिन्पोछेले धार्मिक पूजापाठका साथ शुरुवात गरेको उक्त ल्होसार पर्वमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रमुख अतिथिको आशनबाट सोनाम ल्होसारको शुभकामना दिएका थिए । तामाङ्ग सोसाईटी युकेका अध्यक्ष ज्ञान तामाङ्ले सोसाईटीको स्थापना, यसले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी गराउँदै प्रमुख अतिथि महामहिम राजदूतलगायत अतिथिहरुलाई सहभागीताको लागि धन्यवाद सहित स्वागत गरे ।

बेलायतका विभिन्न स्थानबाट तामाङ पोशाकमा सजिएर आएका पाहुनाहरुको करीब ६०० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा धर्मगुरु टुल्कु जिग्मे रिन्पोछेले आयुको वाङ प्रदान गरेका थिए । उक्त पूजा तथा वाङको तामाङ सोसाईटी अफ युकेका प्रमुख लामा प्रेम लामाले संयोजन गरेका थिए भने बीसीसी युकेका लामाहरु तीर्थ गुरुङ, सानो लामालगायतले उक्त पूजा तथा वाङमा साथ दिएका थिए ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका गायक आसमान लोप्चाङ, सानु लामा वाईवा, सागर एस वाईवालगायत स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । कार्यक्रममा नेपालबाट आमान्त्रित कलाकार तथा स्थानीय कलाकारहरुलाई प्रसंशा पत्र प्रदान गरेका थिए । त्यस्तै, तामाङ धिंम अर्थात तामाङ भवनमा आर्थिक सहयोग गर्ने दानबीरहरुलाई प्रसंशा पत्रसहित धन्यवाद ज्ञापन गरिएको थियो । उक्त कार्यक्रममा तामाङ घेदुङ युकेका अध्यक्ष राजेन योन्जन, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रन गुरुङ, सुनुवार समाज युकेका अध्यक्ष यादव, पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ, तामाङ समाज युकेका अध्यक्ष कुमार लामा, बिएफबिएस रेडियोका स्टेशन मेनेजर योगराज राई लगायत बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो ।

तामाङ सोसाईटी अफ युकेका अध्यक्ष ज्ञान तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई महासचिव मणि तामाङ र नेपालबाट आएकी मिस तामाङ नेपालकी बिजेता–२०१८ सिम्रन स्याङ्बो तामाङ ले संयुक्त रुरुपमा औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने पंच तामाङले साँस्कृतिक कार्यक्रमको संचालन गरेका थिए ।

त्यस्तै, सोही ल्होसारको अवसरमा तामाङ्ग सोसाईटी अफ युकेले गत आइतबार २२ जनवरीका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बामा सम्पूर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिका लागि घ्यासी पूजापाठ समेत गरिएको थियो । बीसीसी युकेका श्रद्धेय लामा गुरु टुल्कु जिग्मे रिन्पोछे र खेन्पो टासी छिरिङ ले उक्त घ्यासी पूजाको संयोजन तामाङ सोसाईटी अफ युकेका प्रमुख लामा प्रेम लामाले गरेका थिए ।

बेलायतका विभिन्न स्थानबाट भक्तजनहरुको बिशेष सहभागीता रहेको कार्यक्रममा तामाङ सोसाईटी अफ युकेको निमन्त्रणामा नेपालबाट बेलायत आएका आसमान लोप्चनलाई आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, उपाध्यक्षद्धय हर्क गुरुङ, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङलगायतले खादा लगाई स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!