एनआरएनए यूकेको ‘बंशजको नेपाली नागरिकता’ सम्बन्धी वहस शनिबार

SHARE:

एनआरएनए यूकेको ‘बंशजको नेपाली नागरिकता’ सम्बन्धी वहस शनिबार

भरतमणि चोङ्बाङ, लन्डन । गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने भएको छ ।

संघले भोलि शनिवार दिउसो बेलायत अल्डरसटस्थित आफ्नै कार्यालयमा बेलायतका क्रियाशिल नेपाली तथा गोर्खा संघसंस्थाका प्रतिनिधिसंग वहस राखेको हो ।

विदेशमा बस्ने आम नेपाली र खासगरी बेलायतस्थित गोर्खा र तिनका परिवारहरुको बंशजको नेपाली नागरिकता निरन्तरता कायम गर्ने महाअभियानलाई सार्थकता दिने उद्देश्यसहित वहस गरिने संघले जनाएको छ ।

यसअघि संसदको दुवै सदनबाट पारित भएर पनि राष्ट्रपतिकहां रोकिएको विधेयकले परिचयपत्र जस्तो गैर आवासीय नेपाली नागरिकता मात्र व्यवस्था गर्ने जनाउंदै गैर–आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले त्यो विभेदपूर्ण दफा संशोधनका लागि दवाव दिन विज्ञहरुका साथ कार्यक्रम गर्न लागिएको बताए ।

कार्यक्रमबाट निस्केको निचोडमा आधारित रहेर संघले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने पनि उनले बताए ।

नेपाली नागरिकता त्याग्ने केही शरणार्थी, माफिया र मानवतस्करहरुले गैर आवासीय नेपाली नागरिकतामै खुशी मनाए पनि समग्र विदेशका नेपालीको चाहना बंशजको नेपाली नागरिकता निरन्तरता नै रहेकाले अब यो अभियान बढाइएको अध्यक्ष गाहामगरले बताए ।

अध्यक्ष मगरले भने, ‘रसियाका माफियाहरु, जर्मनी-अमेरिकाका मानवतस्करहरु र बेलायतका शरणार्थीले त्यही देशको नागरिकता लिएकाले आफूलाई सहज हुने गरी एनआरएनए नागरिकता संसदमा लगे जुन हामीलाई मान्य छैन ।’

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!