पुटिनले आफूमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको पूर्व बेलायती प्रधानमन्त्री जोनसनको दाबी

SHARE:


लन्डन ३० जनवरी २०२३ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी सेनालाई प्रवेश गर्न आदेश दिनुअघि आँफूलाई व्यक्तिगत रूपमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गर्ने धम्की दिएको पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

बीबीसीको सोमबार प्रसारण हुने नयाँ वृत्तचित्रका अनुसार फेब्रुअरी २४ मा आक्रमण हुनुअघि फोनवार्तामा उक्त चेतावनी आएको हो । जोनसन र अन्य पश्चिमा नेताहरू युक्रेनलाई समर्थन गर्न र रूसी आक्रमण रोक्न कोसिस गर्न किभमा भेला हुँदै गर्दा उक्त चेतावनी आएको हो ।

“उहाँले मलाई एक पटक धम्की दिनुभएको थियो र भन्नुभएको थियो “बोरिस, म तपाईंलाई चोट पुर्‍याउन चाहन्नँ, तर क्षेप्यास्त्र प्रयोग गर्दा एक मिनेट मात्र लाग्नेछ,” पुटिनलाई उद्धृत गर्दै जोनसनले भनेका छन् । जोनसन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सबैभन्दा भावुक पश्चिमी समर्थकहरूमध्ये एकको रूपमा देखिएका छन् । तर आक्रमण अघि, उहाँले पुटिनलाई युक्रेन नेटोमा सामेल हुने तत्काल कुनै सम्भावना नरहेको बताएका थिए ।

त्यसपछि पुटिनले जोनसनलाई सोधे, “बोरिस, युक्रेन चाँडै नै नेटोमा सामेल हुने छैन भन्नुको अर्थ के हो ।” ‘छिट्टै नै कुनै समय भन्नुको अर्थ के हो ?’ जवाफमा मैले भनें, “युक्रेन निकट भविष्यमा नेटोमा सामेल हुने छैन । तिमीलाई यो कुरा राम्ररी थाह छ ।”

क्षेप्यास्त्रको धम्कीबारे जोनसनले भने, “मलाई लाग्छ, उहाँले जुन किसिमको प्रश्न गर्नुभएको थियो उहाँसँग जस्तो अलगावको हावा थियो, पुटिनले उहाँलाई वार्तामा ल्याउने मेरो प्रयाससँग खेलिरहनुभएको थियो ।’ बीबीसीको वृत्तचित्रमा युक्रेनमाथि आक्रमण हुनुभन्दा अघिका वर्षहरूमा रुसी नेता र पश्चिमा मुलुकहरूबीच बढ्दो विभाजनलाई चित्रण गरिएको छ ।

यसमा जेलेन्स्कीले रुसको आक्रमण अघि नेटोमा सामेल हुने आफ्नो असफल महत्वाकांक्षालाई प्रतिबिम्बित गरेको पनि देखाइएको छ । जेलेन्स्कीले भनेको शब्दलाई उद्धृत गर्दै जोनसनले भने, “तपाईंलाई थाहा छ, यदि रुसले युक्रेन कब्जा गर्दैछ भने, तपाईंले यस समय मलाई किन केही दिनुहुन्न, जसको सहाराले म यसलाई रोक्न सक्छु?” “यदि तपाईं सहयोर्ग मलाई दिन सक्नुहुन्न भने, यसलाई तपाई आफैले रोक्नुहोस्,” जेलेन्स्कीले भनेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!