जनवरी ३० बेलायत/ गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष, प्रेम गाहामगर द्वारा हार्दिक आभार व्यक्त गरेका छन। अध्यक्ष, प्रेम गाहामगरले शनिबार अल्डरसटमा आयोजित ‘बंशजको नेपाली नागरिकता निरन्तरता’ सम्बन्धी वहसमा सहभागी भइ अत्यन्त सफल बनाइदिनु भएकोमा म र संघको तर्फबाट यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । कार्यक्रममा तपाईंले राख्नुभएको धारणा हाम्रो अभियानका लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने ठानेका छौं । खासगरी विदेशमा बस्ने आमनेपाली र बेलायतस्थित गोर्खा र तिनका परिवारहरुको बंशजको नेपाली नागरिकता निरन्तरता कायम गर्ने महाअभियानलाई सार्थकता दिन तपाईंको उपस्थिति ओझपूर्ण थियो । हामी उक्त वहसको मिनट्स छिट्टै यहाँलाई उपलब्ध गराउने छौं । हाम्रो अभियानले आउंदो पुस्तालाई नेपालसँग जोडिराख्न मद्दत गर्ने भएकोले तपाईंको साथ हामीलाई निकै खांचो छ।
कार्यक्रममा आउने चाहना भएर पनि सहभागी हुन नसकी ‘एपोलोजी’ पठाउनु भएका साथीहरुप्रति पनि म कृतज्ञ छु किनकी तपाईंको एक्यवद्दता र साथ हाम्रा लागि मेरुदन्ड सरह छ । संविधानको विभेदपूर्ण दफा संशोधनका लागि दवाव दिन हामीसँग जोडिनु हुन पनि म अपिल गर्दछु । भावी दिनमा हजुर हाम्रो सहकार्य अझ बढी हुने आशासहित पुन: धन्यवाद टक्र्याउन चाहन्छु ।






