नेपाल टेलिभिजनबाट तामाङ र गुरुङ भाषाको समाचार प्रसारण आरम्भ

SHARE:

काठमाडौं १ फेब्रुअरी २०२३ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनबाट तामाङ र गुरुङ भाषाको समाचार प्रसारण आरम्भ भएको छ ।

मुलुकमा टेलिभिजन प्रसारण प्रारम्भ भएको साढे तीन दशकपछि नेपाल टेलिभजनले समावेशी सञ्चार नीति अवलम्बन गरेको हो । आइतबार बेलुकी ५ बजेदेखि सुरु भएको १० मिनेटको पहिलो तामाङ समाचार वाचन वीरबल तामाङ र शान्ति वाइबाले संयुक्त रुपमा गरे । अब हरेक दिन एक जनाले आलोपालो समाचार वाचन गरिरहेका छन् ।

यस्तै नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको दिन मंगलबार तमु (गुरुङ) मातृभाषामा पनि समाचार प्रसारण सुरु भएको छ । गुरुङ भाषाको पहिलो समाचार पिम गुरुङ र अनिता गुरुङले वाचन गरेका छन् ।

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोसत्वसको सन्दर्भमा राष्ट्रिय प्रसारणलाई सबै समुदायको पहुँचमा पुर्‍याउने र समावेशी बनाउने राज्यको नीतिअनुरुप तामाङ भाषाको समाचार सुरु गरिएको महाप्रबन्धक फुलमान वलले बताए । यसैगरी हरेक प्रदेशको पहिलो भाषालाई प्राथमिकता राखेर यस वर्ष एनटीभी इटहरीबाट प्रदेश १ को लिम्बु भाषा, मधेस प्रदेशको मैथिली भाषा, एनटिभी कोहलपुरबाट लुम्बिनी प्रदेशको थारु भाषा, कर्णाली प्रदेशको खस र मगर भाषा, सुदूरपश्चिम प्रदेशको डोटेली भाषाबाट समाचार प्रसारण गर्ने तयारी भइसकेको महाप्रबन्धक वलले जानकारी दिए । उनका अनुसार अर्को वर्ष यो संख्या बढाएर हरेक प्रदेशबाट पहिलो र दोस्रो भाषा गरी १४ वटा भाषाभाषीका समाचार प्रसारण गर्ने लक्ष्य छ ।

‘तामाङ वाग्मती प्रदेशको पहिलो भाषा भएर प्राथमिकतामा परेको हो । अर्को वर्ष प्रदेशमा दोस्रो भाषाको रुपमा रहेको नेवारमा सुरु हुनेछ,’ महाप्रबन्धक वलले भने, ‘भाषा छनोटको आधार भाषा आयोगको मापदण्डलाई बनाएका छौं ।’ उनले एक पटक धेरै भाषाभाषीको समाचार प्रसारण गर्न बजेट अपुग भएकोले सम्भव नभएको पनि प्रस्ट्याए ।

नेपाल टेलिभिजनले माघ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा वार्षिकोत्सव मनाएको छ । यो टेलिभिजन २०४१ साल माघ १७ गतेदेखि परियोजनाको रुपमा सुरु भई ०४२ सालबाट प्रसारण आरम्भ भएको हो । रेडियो नेपालमा २०५१ सालदेखि नै भाषाभाषीको समाचार सुरु गरिएको थियो । भदौ १ गते तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ सञ्चारकर्मी लगायतले ‘तामाङ प्रसारण दिवस’ को रुपमा समेत मनाउँदै आएका छन् ।

यस्तै सरकारी स्वामित्वको गोरखापत्र संस्थानले गोरखापत्रमा पनि भाषाभाषी संस्करण प्रकाशनलाई निरन्तरता दिएको छ । त्यसलाई पछ्याउँदै नेपाल टेलिभिजनले पनि समावेशितालाई लागू गर्दै भाषाभाषीको समाचार दिन सुरु गरेको हो । तर निजीस्तरबाट सञ्चालित टेलिभिजनहरुबाट भने यसअघि नै तामाङ भाषामा समाचार प्रसारण भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!