सांगीतिक दुनियाँमा छाउँदै गायिका रश्मी राई

SHARE:

काठमाडौं ४ फेब्रुअरी २०२३ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छिन् । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि सांगीतिक यात्रा शुरु गरेकी गायिका रस्मीले तीन दर्जन भन्दाबढी नेपाली गीत रेकर्ड गरिसकेकी छन् ।

शङ्कर अधिकारीको शब्द तथा पुष्कर सुनुवारको सङ्गीत रहेको पहिलो नेपाली भाषाको गीत गाएकी गायिका रश्मीले चाम्लिङ, कोयू, बान्तवा र मैथिली भाषाको गीतसमेत गाएकी छन् । सांगीतिक यात्रा शुरु गरेको छोटो समयमै आफूले पाएको सफलता र दर्शक/श्रोताको मायाले सांगीतिक क्षेत्रमा अगाडि बढ्न थप प्रेरणा मिलेको गायिका रश्मीले बताएकी छन् ।

लोक, आधुनिक र पूर्वेली लोक भाकाका गीत गाएर सांगीतिक दुनियाँमा छाएकी गायिका रश्मीले ‘नेशनल ईन्टरटेन्मेन्ट अवार्ड २०२२’ समेत हात पारिसकेकी छन् । ‘सायद मैले सोचेजस्तै’ बोलको आधुनिक गीतमार्फत गायिका रश्मीले पपुलर आधुनिक गायिकाको उपाधि हात पारेकी हुन् ।

बाल्यकालदेखि नै सांगीतिक मोहमा लाएकी उनी सङ्गीतमै भविष्य बनाउने सपना बोकेर काठमाडौँमा सांगीतिक सङ्घर्ष गरिरहेका छन् । बुबा प्रसाद राई र आमा धनकुमारी राईकी चार छोरीमध्ये जेठी छोरी उनले बढीजसो युवापुस्ताले रुचाउने गीतमा स्वर दिएकी छन् ।

गायिका रश्मीले ‘भञ्ज्याङखर्क डाँडै डाँडा हावा चल्यो सुसाउँदै’ बोलको गीत ‘राई इज किङ’को उपाधि प्राप्त गायक राजेश पायल राईसँग गाएकी छन् । अम्बर विष्टको शब्द तथा शशी गुरुङ ‘बाङ्देल’को सङ्गीत रहेको ‘भञ्ज्याङखर्क डाँडै डाँडा हावा चल्यो सुसाउँदै’ बोलको गीतमा जिल्लाको दक्षिणी क्षेत्रका पर्यटकीयस्थलको वर्णन गरिएको छ ।

उनले गाएको रोज लामा योञ्जनको शब्द र सुवास चाम्लिङको सङ्गीत रहेको ‘तिम्रो नयन’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो निक्कै चर्चामा छ । मेगना मगरातीको छायाँकन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा विशाल लिम्बू र शिखा राईको अभिनय रहेको छ ।

‘पहाडको माथि–माथि’, ‘जुनको फूल’, ‘कुर्दै होला’, ‘प्रेम युद्ध’, ‘जब तिमीसँग’, ‘फूलमा पनि’, ‘माया सधैँ’, ‘भेडेटारमुनि सुन्दर धरान बजार’, ‘धरानै शहरको भानुचोकैमा’, ‘सेवा सेवारो’, ‘ओ लुङा सेवारो–सेवारो’, ‘उभौलीको साकेलामा भेट भयो’ लगायतका तीन दर्जन बढी लोक तथा आधुनिक गीत बजारमा ल्याइसकेकी गायिका रश्मीको ‘गाउँ घरै सुन्ने भो’ र ‘दश औँली नमस्ते’ बोलको गीत भर्खरै रेकर्डिङ भएको छ । यही हप्ता रेकर्डिङ सकिएको राजकुमार राई ‘द कमाण्डो’को शब्द तथा सङ्गीत रहेको ‘गाउँ घरै सुन्ने भो’ र अर्जुन भट्टराईको शब्द तथा शशी गुरुङको सङ्गीत रहेको ‘दश औँली नमस्ते’ गीत केही दिनपछि सार्वजनिक हुने उनले जानकारी दिइन् ।

सांगीतिक क्षेत्रबाटै परिवारको घरखर्चसमेत धान्दै आएकी उनी विभिन्न ठाउँमा आयोजित स्टेज प्रोग्राम (स्थलगत कार्यक्रम)मा पनि उत्तिकै जम्ने गरेकी छन् । गायिका रश्मीको स्वरमा सजिएको दर्जनबढी लोक तथा आधुनिक गीतमा निर्माण गरिएको म्यूजिक भिडियोसमेत बजारमा आएको छ ।

सांगीतिक भूमि भनेर चिनिने खोटाङका गायिका रश्मीसँगै दर्जनौँ युवा सांगीतिक दुनियाँमा आफ्नो भविष्य खोजिरहेका छन् । केही छोटो समयमै स्थापित भएका छन् भने, केही गुम्नाम बन्दै गएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!