चिम्खोले समाज युकेले दुइ करोड पैतालिस लाख सहयोग

SHARE:

 चिम्खोले समाज युकेले दुइ करोड पैतालिस लाख सहयोग
चिम्खोले काईला

०४ फेब्रुरी २०२३, बेलायत। चिम्खोले समाज युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित माइतिघर रेस्टुरेन्टमा सम्पन्न भएको छ। सन् २००९ मा स्थापना भएको चिम्खोले समाज युकेले आजसम्म आउदा झन्डै करोड पैतालिस लाख नेपाली रुपिया आर्थिक सहयोग गर्न सफल भएको संस्थाका अध्यक्ष मोती बहादुर तिलिजा र सचिब धन बहादुर पुनले जानकारी दिएका छन। चिम्खोले समाज युकेले म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ७ चिमखोलाको बिकाश गर्नका लागि, चिम्खोलेहरुको स्वस्थ उपचार गर्नका लागि, मगर संघ युकेको आजीवन सदस्यता बन्नको लागि, मोना युकेलाई र छिमेकी गाउँहरुलाई आर्थिक सहयोग गर्नका लागि उक्त रकम संकलन गरेको थियो

साधारण सभाको पहिलो चरणमा चिम्खोले समाज युकेका सचिब धन बहादुर पुनले उपस्थित सम्पुर्णलाई आसन ग्रहण गराएका थिए। आसन ग्रहण पश्च्यात संस्थाका जेष्ठ नागरिक पदम बहादुर पुन र संस्थाका अध्यक्ष मोती बहादुर तिलिजाले संयुक्त रुपमा दियो प्रज्वलन गरेर साधारण सभा शुरुआत गरेका थिय। दियो प्रज्वलन पश्च्यात दोस्रो बिश्व युद्धमा दिबंगत भएका चिम्खोलेहरु र बेलायतमा दिबंगत भएका चिम्खोलेहरुको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।

उक्त कार्यक्रममा नेपालबाट बेलायत आएका नयाँ सदस्य भक्त शाही, श्रीमान श्रीमती लाल प्रसाद पुन र सनदेबी पुनलाई संस्थाका अध्यक्ष मोती बहादुर तिलिजाले स्वागत गरेका भने संस्थाका महिला उपाध्यक्ष मिना पुनलाई गोर्खा नेपाली कम्युनिटी डोनकास्टर आमासमुहको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई दिएका थिए।

साधारण सभाको दोस्रो चरणमा संस्थाको प्रतिवेदन र आर्थिक प्रतिवेदन सचिब धन बहादुर पुनले प्रस्तुत गरेका थिए। साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनहरु सर्बसम्मतद्वारा पारित गरिएको छ। सचिब धन बहादुर पुनले स्थापना कालदेखि हालसम्म चिम्खोले समाज युकेले गरेको गतिबिधिहरु पनि प्रस्तुत गरेका थिए। साधारण सभाले सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु यथाबत रहने निर्णय गरेको छ।

साधारण सभाको तेस्रो चरणमा चिम्खोले समाज युकेका बिभिन्न एजिण्डाहरुमा ब्यापक छलफल भएको छ। मोती बहादुर तिलिजाको अध्यक्षमा संचालित बार्षिक साधारण सभालाई महिला उपाध्यक्ष मिना पुनले स्वागत मन्तब्य दिएका थिए भने सचिब धन बहादुर पुनले संचालन गरेका थिए। बैठकमा म्याग्दी जिल्लाका भुतपुर्ब सभापति ले. भोक बहादुर पुनलगायत बेलायतबासी चिम्खोलेहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!