एनआरएनए यूकेले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने

SHARE:

एनआरएनए यूकेले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने

गैर आबासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले एनआरएनए यूकेले गत २८ जनवरी २०२३ मा आयोजना गरिएको वंशजको नेपाली नागरिकता सम्बन्धी वहसमा सुझाव सल्लाहप्रति कृतज्ञता व्यक्त गरका छन । उनले सल्लाह्र सुझाबको आधारमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने भएका छन ।

बेलायतका झन्डै ५२ वटा प्रमुख नेपाली संघसंस्था सहभागी उक्त वहसमा उठेका विभिन्न धारणा र सुझाव सल्लाह समेटेर यहाँहरुको ‘म्यान्डेट’ बमोजिम नै नेपालका प्रधानमन्त्रीसहित विभिन्न मन्त्रालय र राजनीतिक दलका नेताहरुलाई प्रत्यक्ष रुपमा ज्ञापनपत्र बुझाउने योजना बनाएको छु ।

उक्त ज्ञापनपत्र बुझाउनु अघि यसमा यहांहरुबाट केही राय सल्लाह भए कृपया प्रदान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

त्यसो त यो प्रारम्भिक चरणको ज्ञापन पत्र हुनेछ । एनआरएनए यूकेले आउंदो मे ७ आइतबार नेपालबाट विभिन्न मन्त्री र कानूनविदहरु निम्त्याएर एक वृहत विशेष अधिवेशन गर्ने तयारी गर्दैछ । सो अधिवेशनमा सरकारी अधिकारी र कानूनविदहरुसंग वंशजको नेपाली नागरिकता निरन्तरताबारे अन्तरक्रियासमेत गरि हामी यस विषयमा घनीभूत छलफल गर्ने छौं ।

म नेपाल रहंदा गृह, कानून र परराष्ट्रमन्त्रीलाई प्रत्यक्ष भेटेर सो अधिवेशनका लागि निमन्त्रणा पनि गर्नेछु । उक्त अधिवेशनमा विभिन्न देश अमेरिका, क्यानडा, अष्ट्रेलिया आदिबाट वंशजको नागरिकता निरन्तरता अभियानमा क्रियाशील व्यक्तित्वलाई समेत निम्त्याइनेछ ।

म यही इमेलमार्फत कृपया २०२३ मे ७ का दिन तपाईंहरुको कुनै पनि कार्यक्रम नजुधाई दिनुहुन विनम्र अनुरोध समेत गर्दछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!