मगर संघ युकेले ४१ सौं मगर दिवस तथा २० सौं बर्षगाँठ मनाउदै

SHARE:

मगर संघ युकेले ४१ सौं मगर दिवस तथा २० सौं बर्षगाँठ मनाउदै

जमुना पुन

०९ फेब्रुअरी २०२३, बेलायत । मगर संघ युकेले ४१ सौं मगर दिवस तथा मगर एकता दिवस यहि आउदो २५ फेब्रुअरी २०२३ को दिन बेलायतको मेड्स्टोन स्थित क्लाईव एमसन हल तथा मेड्स्टोन एक्जिबिसन हलमा मनाउने भएको छ। नेपाल मगर संघ स्थापना भएको एकचालीस बर्ष पुगेको उपलक्षमा यस मगर दिवस तथा मगर एकता दिवस मनाउन लागेको हो। सोहि दिनमा मगर संघ युके स्थापना भएको बिसबर्ष पुगेको उपलक्षमा मगर संघ युकेले २० सौं बर्षगाँठ मनाउने भएको हो।

४१ सौं मगर दिवस तथा मगर संघ युकेको २० सौं बर्षगाँठको मुख्य आकर्षण मगर संघ युकेका शाखाहरुबाट मगरहरुको सांस्कृतिक झल्किने सांस्कृतिक झाँकीहरु तथा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिने भएको छ। कार्यक्रममा मगरहरुको भेषभुषा झल्किने फेसन सो पनि प्रस्तुत हुने भएको छ। उक्त झाँकी तथा नृत्य कार्क्रमकोजिम्मेवारी मगर संघ युकेका सांस्कृतिक सचिब सरु राना (तेन्याङ) लाई सुम्पिएको छ भने फेसन सो को जिम्मेवारी मगर संघ युके युवा विभागका उपाध्यक्ष दिपक माइथने मगरलाई सुम्पिएको छ। ४१ सौं मगर दिवस तथा मगर संघ युकेको २० सौं बर्षगाँठमा पुन मगर समाज युकेबाट पुर्ख्यौली नृत्य पनि प्रस्तुत हुने भएको छ।

उक्त ४१ सौं मगर दिवस तथा मगर संघ युकेको २० सौं बर्षगाँठमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले आथित्य ग्रहण गर्ने भएका छन भने बेशेष अतिथिहरुमा गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कर्मा ओअहादि शेर्पा, लोकप्रिय नायिका दिया पुन, ख्यातिप्राप्त पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) लगायत बेलायतमा स्थापित बिभिन्न जातीय तथा गैर जातीय संस्थाका अध्यक्ष तथा उनका प्रतिनिधिहरुले आथित्य ग्रहण गर्ने जानकारी मगर संघ युकेका उपाध्यक्ष तथा कार्यक्रममा प्रमुख संयोजक होम रोकामगरले जानकारी दिएका छन।

४१ सौं मगर दिवस तथा मगर संघ युकेको २० सौं बर्षगाँठमा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले मगर संघ युकेद्वारा प्रकाशित पुस्तक “मगर संघ युकेको दुइ दशक” नामक पुस्तकको अनावरण गर्ने भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!