प्रथम शहीद लखन थापामगर संक्षिप्त जीवनी

SHARE:

प्रथम शहीद लखन थापामगर संक्षिप्त जीवनी
गोमान सिङ पुन

वि•स• १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं-७ स्थित काहुले भंगार भन्ने गाउँमा जन्म भएको थियो। आफ्नो मातापिताको जुम्ल्याहा सन्तान मध्य कान्छो सुपुत्र भएकोले लखन थापामगरको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको थियो।

आफ्नो सैन्य सिप र कौशलताले वि•स• १९२५ मा तात्कालिन नेपाली सेनाको क्याम्पटेन भइसकेका थिए। तात्कालिन राणा शासक जंग बहादुर राणाको अधिनायकवादी जज॔र, बब॔र निरङ्कुश हुकुमी शासनले सोझा र निमुखा जनताहरूमा त्राही-त्राहीको अवस्था थियो। जनबिद्रोह माफ॔त जंग बहादुरलाई हटाएर नेपालमा सुनौलो प्रजातान्त्रिक युग ल्याउनुपर्छ भनि जनबिद्रोहको शंखघोस गने॔ नेपालको राजनीतिक इतिहासमा वि•स• १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापामगरको नेतृत्वमा भएको जनबिद्रोह नै राणाशासन र शासक विरुद्ध जनस्तरबाट उठेको त्यो नै पहिलो विद्रोह थियो। त्यो ऐतिहासिक जनबिद्रोह लाई दबाउनको लागि एकतन्त्रीय तानाशाही राणा शासकले वि•स• १९३३ फागुन २ गते एक प्रजातान्त्रिक नायक लखन थापामगरको बब॔र तरिकाबाट हत्या गरेको थियो। यो घटनाले नेपाली समाजमा राजनीतिक चेटनाको दियो बाल्नुको साथसाथै प्रजातान्त्रिक आन्दोलनको बलियो जग बसेको मा दुईमत छैन।

ढिलै भए पनि नेपाल सरकारले नेपाल मगर संघको नेतृत्वको लामो प्रयास पछि वि•स• २०५६ सालमा शहीद घोषणा गर्यो भने वि•स• २०७२ साल असोज ३ गते औपचारिक रूपले नेपालको पहिलो शहीदको दर्जा प्रदान गने॔निर्णय गर्यो।

त्यसैले नेपाल आमाको सपूत जसले जंग बहादुरको हुकुमी शासनरबब॔र निरङ्कुशतन्त्रको विरुद्ध प्रथम जनबिद्रोहको ज्वारभाता सिर्जना गने॔ प्रथम शहीद लखन थापामगर प्रति मगर संघ युकेले पनि प्रत्येक वर्ष स्मीर्ती दिवस मनाउने गर्दछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!