एनआरएनए यूकेको कार्यवाहक अध्यक्षमा भरत चोङवाङ

SHARE:

लन्डन १३ फेब्रुवरी २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङले पाएका छन् ।

अध्यक्ष प्रेम गाहामगर यही सोमबार नेपाल प्रस्थान गरेपछि गाहामगरले आफ्नो पदीय जिम्मेवारी चोङवाङलाई सुम्पेका हुन् । भरत गाहामगरका विश्वासपात्र र अप्ठेरो परिस्थितिमा समेत साथ दिने सहकर्मी मानिन्छन् ।

संघको विधानबमोजिम चोङवाङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रदान गरेको जनाउँदै गाहामगरले संघको काम कारबाही थप प्रभावकारी हुने आशा पनि व्यक्त गरेका छन् ।

अध्यक्ष गाहामगरले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री, डा. विमला राई पौड्याललगायत मन्त्रिपरिषद्‌का वरिष्ठ सदस्यहरु र पार्टी नेताहरुलाई भेटी वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको पनि जानकारी दिए ।

को हुन् भरत चोङवाङ ?
ताप्लेजुङ सांघु गाविस ४ मा जन्मिएका उनले नेपालमा आइ ए/आइ इ र बेलायत आएपछि बिएसी, (वातावरण) अध्ययन गरे । उनी भूतपूर्व ब्रिटिस गोर्खा हुन् । बेलायती सेनाको क्वीन्स् गोर्खा सिग्नल्स् पल्टनमा २४ वर्ष सेवा गरेपछि सन् २०१६ मा सेवानिवृत्त भए उनी ।

सन् १९९५, जनवरी २९ मा बेलायत आएकाचोङवाङसंग बेलायती सेनाको भाषा विभागमा रहेर ६ वर्ष सेनाका अधिकृत तथा ब्रिटिश दूतावास नेपालमा कार्यरत विदेशी कूटनीतिज्ञहरुलाई नेपाली भाषा शिक्षकको रुपमा काम गरेका अनुभव छ । उसो त उनी अध्ययनरत रहदा कहिल्य दोस्रो हुनुपरेन सधै प्रथम हुदै आएका थिए ।

उनी समाजसेवा अलवा साहित्य, कला र ब्यापारमा समेत क्रियाशील छन् । उनको संयुक्त कविता संग्रह ‘बिम्ब प्रतिबिम्ब र ग्रीनवीचका प्रतिध्वनीहरु’ प्रकाशित भएको छ भने उनले व्यक्तिगत तवरमा ५१ जना भन्दा बढी नयां तथा पुराना नेपाली कलाकार तथा साहित्यकारहरुलाई बेलायतमा ल्याई नेपाली भाषा र संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेलेका छन् ।

योर्क नेपलिज कम्युनिटीका महासचिव उनी जेनिस्टार फिनान्सियल कम्पनी लिमिटेड यूकेको सिनियर भाइस प्रेसिडेन्ट छन् । जेनस्टारमा सबैभन्दा माथि पुग्ने उनी नै पहिलो नेपाली हुन् । ग्लोवल बुलियन एण्ड भल्ट लिमिटेड, आसफोर्डका सहनिर्देशक भरत कोदोको लिमिटेड यूकेका को–फाउण्डर समेत हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!