उमेश राज मोक्तान उत्तरी आयरल्यान्डका लागि पर्यटन सद्भावना दूतमा नियुक्त

SHARE:

उमेश राज मोक्तान उत्तरी आयरल्यान्डका लागि पर्यटन सद्भावना दूतमा नियुक्त

बेलायत – एभेरेष्ट टाइम्स युकेका पुर्बसंस्थापक सदस्य तथा पुर्बसह-सम्पादक उमेश राज मोक्तान उमेशराज मोक्तान नेपाल सरकारबाट उत्तरी आयरल्याण्डका लागि पर्यटन सद्भावना दूतमा नियुक्त भएका छन् ।

नेपाल सरकारको डिसेम्बर २३ को मन्त्रिस्तरीय निर्णयबाट मोक्तानलाई सो पदमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।मोक्तानलाई सद्भावना दूत निर्देशिका दफा ७ बमोजिम चार वर्षका लागि सो पदमा नियुक्त गरिएको हो ।

नियुक्तिपछि मोक्तानले बेलायतको उत्तरी आयरल्याण्डमा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा सक्दो योगदान गर्ने बताएका छन । लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका मोक्तानले विभिन्न सामाजिक कार्यहरु गर्दै आईका छन् । उनि बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूके, नेपाली कलाकार संघका पूर्वअध्यक्ष, प्रवासी नेपाली एकता मञ्च युरोप कमिटीका संयोजकलगायत बेलायतको लेबर पार्टीसँग पनि आबद्ध रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!