तमू समाज युकेका पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ परिवारद्वारा न्यानो कपडा वितरण

SHARE:

स्याङ्जा २३ फेब्रुअरी २०२३ । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं २ देउरालीस्थित देउराली आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

समाजसेवी तमू समाज युकेका पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ र उनका छोरा संगम गुरुङले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थी र ५ जना शिक्षक गरी २२ जना लाई जुत्ता, मोजा, शर्ट, पाइन्ट, स्विटर र स्टेशनरी सामान गरि करिब ५० हजार बराबरको सामग्री वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर गुरुङले जानकारी दिए ।

आफूहरुले विगत केही वर्षदेखि नै सहयोग गर्दै आइरहेको शिवचन्द्र गुरुङले बताए । साथै आफूले सानोमा अध्ययन गरेको विद्यालयमा यसरी न्यानो कपडा वितरण गर्न पाउँदा विद्यार्थी भाइबहिनीहरुसँग एकछिन बस्न पाउँदा आफ्नो बाल्यकालको सम्झना आउने उनले बताए ।

यस्तै विद्यालयका प्रधानाध्यापक धनबहादुर केसीले पछिल्लो समय विद्यालयमा विद्यार्थी जोगाउनै हम्मेहम्मे परेको बताए । ‘पहिले यही विद्यालयमा धेरै विद्यार्थीहरु थिए, अहिले रोजगारी, बसाइँसराईले गर्दा कम भो, अब स्कुल जोगाउनै गाह्रो भो, कुन दिन मर्ज हुने हो,’ उनले भने ।

यस्तै गुरुङ परिवारले फेदीखोला गाउँपालिका वडा नं -१, कटुन्जेस्वारामा संचालित आमोर सेवा नेपाल बालगृहका बालबालिकाहरू आर्थिक सहयोग गरेको छ  ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!