बीसीसी यूकेको अध्यक्षमा गुरुङ चयन

SHARE:

एभरेस्ट टाइम्सलाई पनि प्रशंसापत्र प्रदान

लन्डन २६ फेब्रुअरी २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अध्यक्षमा हर्कबहादुर गुरुङ चयन भएका छन् । अध्यक्ष गुरुङ बीसीसी यूकेमा सन् २०११ बाट आबद्ध भएका हुन् ।

अल्डरसटस्थित बीसीसी गुम्बामा शनिबार भएको साधारणसभा तथा अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा आङदावा शेर्पा, उपाध्यक्षहरुमा रविन गुरुङ, क्या देवबहादुर घले, महासचिवमा मेजर हितमान गुरुङ, सचिवमा रिन्जी लामा शेर्पा, कोषाध्यक्षमा मेजर शंकर गुरुङ र सहकोषाध्यक्षमा शन्तबहादुर गुरुङ छन् ।

यस्तै मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट मिडिया सेक्रेटंरीमा पूर्ण गुरुङ चयन भए भने प्रोजेक्ट म्यानेजरको जिम्मेवारी वरिष्ठ उपाध्यक्षमा आङदावा शेर्पालाई, सहायक प्रोजेक्ट म्यानेजरमा विष्णु तामाङ, स्प्रिरिच्युअल टिचरमा टुल्कु जिग्मे साम्तेन रिम्पोचे, पूजा कोअर्डिनेटर बुद्ध गुरुङ, सहायक पूजा कोअर्डिनेटर सानु लामा, पीआर अफिसर मेजर कुमार गुरुङ, असिस्टेन्ट पीआर सेक्रेटरी जोय, प्रोपर्टी सेक्रेटरी श्री गुरुङ, कल्चर सेक्रेटरी पञ्च गुरुङ, असिस्टेन्ट कल्चर सेक्रेटरी सपनकुमार राई, फुड मेम्बरमा हर्क गुरुङ छानिएका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा कुलबहादुर गुरुङ, टेकबहादुर गुरुङ, शान्ता शेर्पा, शुक्र तामाङ र ताराबहादुर गुरुङ छन् ।

कार्यक्रममा अध्यक्ष लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ बीईएम, प्रमुख सल्लाहकार खुसीमान तमु, निवर्तमान अध्यक्ष नरेश गुरुङ, आमा समूहकी अध्यक्ष ज्ञानुमाया गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङलगायत उपस्थित थिए ।

नवनिर्वाचित अध्यक्ष हर्कबहादुर गुरुङले आफूले पाएको अमूल्य जिम्मेवारीलाई बुद्धि, विवेक र शक्तिले भ्याएसम्म पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । देव घलेले सञ्चालन गरेको कार्यक्रममा बीसीसी यूकेले विभिन्न मिडियालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । प्रशंसापत्र पाउनेहरुमा एभरेस्ट टाइम्सका म्यानेजिङ डाइरेक्टर नगेन्द्रराज नेम्वाङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, शीतलपाटीका वाचस्पति रेग्मी, विनेपाली, नेपाली लिङ्क र लन्डन नेपाल न्यूजका सञ्चालकलगायत थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!