बीसीसी युकेको अध्यक्षमा हर्क गुरुङ

SHARE:

 

 

 

 

लन्डन २६ फेब्रुअरी २०२३। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अध्यक्षमा हर्क गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार अल्डरसटस्थित बीसीसी युकेको गुम्बामा सम्पन्न १६ औं साधारणसभा तथा पाँचौ अधिवेशनले उनको अध्यक्षमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  यसअघि दुई कार्यकाल उपाध्यक्षको भूमिकामा रहेका गुरुङ प्रोजेक्ट मेनेजरको रुपमा पनि लामो समयदेखि जिम्मेवारीमा थिए ।

नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा प्रोपर्टी इन्भेष्टरको रुपमा परिचित गुरुङ विभिन्न संघसंस्था पनि आवद्ध छन् ।  अत्यन्त सरल स्वभावका गुरुङभूतपूर्व गोर्खा पनि हुन् ।
उक्त नयाँ अर्थात् पाँचौं कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आङ्गदावा शेर्पा, उपाध्यक्षमा रोबिन गुरुङ र क्याप्टेन देब घले निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा मेजर हितमान गुरुङ, सचिवमा रिन्जी  लामा शेर्पा, कोषाध्यक्षमा मेजर शंकर गुरुङ, सहकोषाध्यक्षमा सान्त गुरुङ, मिडिया सेक्रेटरीमा सविन्द्र कुमार गुरुङ, प्रोजेक्ट मेनेजरमा वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, असिस्टेन्ट प्रोजेक्ट मेनेजरमा बिष्णु तामाङ्ग, धर्म गुरुमा टुल्कु जिग्मे सामतने, पुजा कोर्डिनेटरमा बुद्ध गुरुङ, असिस्टेन्ट पुजा कोर्डिनेटरमा सानो लामा, पीआर अफिसरमा मेजर कुमार गुरुङ, असिस्टेन्ट पीरआर अफिसरमा जोय, प्रोपर्टी सेक्रेटरीमा रामचन्द्र गुरुङ, कल्चरल सेक्रेटरीमा पंच तामाङ्ग, असिस्टेन्ट कल्चरल सेक्रेटरीमा सपन कुमार राई, फुड मेम्बरमा हर्क बहादुर गुरुङ र सदस्यहरुमा कुल बहादुर गुरुङ, टेक बहादुर गुरुङ, शान्त शेर्पा, शुक्र तामाङ्ग, ताराबहादुर गुरुङ चयन भएका छन् ।

सोनिर्वाचन सम्पन्न गर्नका लागि बीसीसी युकेका भूतपूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बीईएमको संयोजकत्वमा बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार मेजर कुल बहादुर थापा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ सदस्य रहेको निर्वाचन समिमति चयन भएको थियो । सोही निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

उक्त अधिवेशनमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बीसीसी युकेका धर्म गुरुङ टुल्कु जिग्मे सामतेन रिन्पोछेले पद तथा गोपिनियताको सपथ गराएका थिए । सो अवसरमा निवर्तमान अर्थात् चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङ्गले आफ्नो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई बधाई दिए । त्यस्तै, नवनिर्वाचित अध्यक्ष हर्क गुरुङले आफूलाई पाँचौं कार्यसमितिको जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिदैं सबैको साथ, सहयोग, सल्लाह र सुझावका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा नवनिर्वाचित अध्यक्ष हर्क गुरुङ लगायत पदाधिकारी एवं सदस्यहरुलाई बीसीसी युकेका आमाहरु, आफन्तजन, भक्तजन र शुभचिन्तकहरुले पेटा तथा खादा लगाई बधाई तथा सम्मान गरे ।

सो पश्चात औपचारिक रुपमा बिहान साढे ९ बजे साधारणसभाको शुरु भएको उक्त साधारणसभामा महासचिव क्याप्टेन देब घलेले बीसीसीले गत १ बर्षमा गरेका विभिन्न कार्यहरुबारे जानकारी गराउँदै वार्षिक प्रतिवेदन प्रस्तुत् गरे । त्यस्तै, कोषाध्यक्ष मेजर हितमान गुरुङले बीसीसी युकेको आम्दानी, खर्च र वचत पावर पोइन्ट प्रिजेन्टेशनमार्फत प्रस्तुत् गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत् गरे । साथसाथै,  सचिव एवं गुम्बा प्रवन्धक शारदा गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन तथा गुम्बा संचालन, उपाध्यक्ष हर्क गुरुङले प्रोजेक्ट रिपोर्ट, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले बौद्ध शिक्षा सम्बन्धि कक्षा, कार्गे र ट्रष्टीज, उपाध्यक्ष रोबिन गुरुङले संस्थाको विधान, नियम र शर्तहरुबारे, बीसीसी युके  लण्डन ब्रान्च अध्यक्ष गोपाल तामाङ्गले ब्रान्चको प्रतिवेदन, लण्डन ब्रान्चकी आमा अध्यक्ष दिलमाया गुरुङले  ब्रान्चको आमा समूहको प्रतिवदेन प्रस्तुत् गरेका थिए । उनीहरुले प्रस्तुत् गरेका प्रतिवेदन माथि व्यापक छलफल गरेपश्चात पारीत भएको थियो ।

कार्यक्रममा बीसीसी युके विभिन्न गतिविधिहरुलाई आफ्नो मिडियामार्फत सामाचार सम्प्रेशन गर्दै आएका नेपाली लिंक, वीनेपाली, गोर्खा मिडिया, एभरेष्ट टाइम्स, शीतलपाटी र लण्डन नेपालन्युजलाई अध्यक्ष धर्म तामाङ्गले प्रसंशापत्र प्रदान गर्दै सम्मान गरेका थिए । सोअवसरमा गोर्खा मिडियाका मिलन तमु, शीतलपाटीका वाचस्पती रेमी र एभरेष्ट टाइम्सका नगेन्द्र नेम्वाङ्ग सहभागी भएका थिए । त्यस्तै, बीसीसी युकेका पीआर अफिसर खिम गौचन हालै ब्रिटिश अवार्डबाट सम्मानित भएकोमा बधाई तथा सम्मान प्रदान गरिएको थियो । त्यस्तै,  शुर प्रोजेक्टका लागि आर्थिक सहयोग गरेका किम बहादुर गुरुङ तथा इन्द्र कुमारी गुरुङलाई समेत  खादा लगाई सम्मान गरिएको थियो ।

बीसीसी गुम्बाका धर्मगुरुहरु टुल्कु जिग्मे सामतेन र खेन्पो टासी छिरिङ्गले बिहान ८ बजे साङ्ग पुजा गरी शुरु भएको उक्त साधारणसभाको शुरुवातमा चौंथो कार्यसमितिका  अध्यक्ष धर्म तामाङ्गले स्वागत मन्तब्य थिए । त्यस्तै, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ ।  संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङले बीसीसी युकेको स्थापना, शुरुको अवस्था र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । साथै, बीसीसी युकेकी आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङले  विभिन्न बिषयमा आफ्नो भनाईहरु राखेकी थिईन् ।
करीब १०० जनाको उपस्थिति रहेको उक्त साधारणसभाको अन्त्यमा अध्यक्ष धर्म तामाङ्गले चौंथो कार्यसमिति भंग भएको घोषणा गरेपश्चात निर्वाचन संयोजक लेप्टन नारायण प्रसाद गुरुङले निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए ।
बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभालाई महासचिव देब घलेले संचालन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!