
जीआरएनसी युकेले अन्तराष्ट्रिय नारी दिवस मनाउदै
मान गुरुङ
२७ फेब्रुरी २०२३ -बेलायत। ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको छ । उक्त कार्यक्रम आइतबार १२ मार्च २०२३ मा दिउँसो १२ बजे देखि ४ बजे सम्म एम्पायर हल अल्दर्शटमा मनाउने योजना छ।
उक्त कर्यक्र्यमको लागि पाँच जना संयोजक समिती कार्यसमितिको मिटिङमा तर्जुमा गरिएको छ। सोहि अनुरुप कार्यक्रमहरु अघि बढीरहेको छ। अध्यक्ष्य मन गुरुङ, कार्यक्रम संयोजक लिला सेलिङ माबो, सह संयोजक सुष्मा गुरुङ र सुशिला थापा र कोषाद्यक्ष्य श्याम श्रेष्ठ छन्।
जीआरएनसीले इन्फर्मेसन डे को रुपमा मनाउदै आएपनि यस पटक शसक्तिकरण र परिवर्तन गर्ने खालको कार्येक्रम गर्ने योजना छ। जसमा मेडीटेसन, सरिरिक ब्यायाम, हिलिङ, मेन्टल हेअल्थ, स्ट्रोक, घरेलु हिंसा, क्यान्सर, सोसल मेडिया आदि को बारेमा जानकारी दिने योजना छ।
उक्त दिनमा डा. तामाङ, निशा शर्मा , सुष्मा गुरुङ, अनुषा गुरुङ, सुशिला मगर, अलिज़ा गुरुङ र मन गुरुङ ले बोल्ने, जानकारी दिने र ससक्तिकरन गराउने छन्।
उक्त कार्यक्रम निसुल्क प्रवेश को व्यवस्था छ भने आफ्नो इच्छा अनुसार दान दिन भने सक्नु हुन्छ। खर्च कटाएर बाँकि रहेको रकम भुकम्प पिडित, युद्द पिडित, नेपालको तथा स्थानीय मा सामाजिक कार्य मा खर्चिने छ। यदि तपाई आउनु हुन्छ भने तलको लिंक मा रजिसतर गर्नु होला।
Intl Women’s Day 2023 Tickets, Sun 12 Mar 2023 at 12:00 | Eventbrite






