
लन्डन ४ मार्च २०२३ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेसंग भेट गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा राजनीतिक
भेटघाटलाई तीव्रता दिएकागाहामगरले लामिछानेसंग भेट गरि विभिन्न विषयमा छलफल गरे ।
अध्यक्ष गाहामगरले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसंगको भेटमा वंशजको नेपालीनागरिकता निरन्तरता, गोर्खा समस्या समाधान, प्रवासका नेपालीको मताधिकार लगायत विषयआफ्ना सांसदहरुमार्फत सदनसम्म पुरयाइदिन लामिछानेलाई आग्रह गरेका थिए ।
गाहामगरले लामिछानेजस्ता युवा र भिजन भएका नेताहरु देशले अपेक्षा गरेको भन्दै राजनीतिकयात्रामा हरेस नखाई अगाडि बढ्न शुभकामना दिएको बताए ।नेता लामिछानेले आफू पनि विदेश बसेर फर्किएकाले प्रवासका नेपालीको मुद्दा प्राथमिकताका साथउठाउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।लामिछानेले गोर्खाहरु बेलायत नेपालसम्बन्धका प्रमुख आधार भएको र उनीहरुको विषय राष्ट्रिय समस्या भएकाले यस मुद्दातर्फ गम्भीरभएर लाग्ने परण गरेको पनि गाहामगरले जनाए । गाहामगरले २० वर्षको नेतृत्व दौडान एनआरएनए नेताहरुले प्रभावकारी काम गर्न नसक्दा तपाईंले यस्तो सास्ती बेहोर्नुपरयो भन्ने समेत स्मरण गराएका थिए ।
गाहामगरले सोही पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंलाई पनि भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।


