जीआरएनसीले १४ अप्रिलमा नेपाली नयाँ वर्ष मनाउने

SHARE:

लन्डन १६ मार्च २०२३ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले नेपाली नयाँ वर्ष २०८० मनाउने भएको छ ।

अल्डरसटको एम्यापर हलमा १४ अप्रिल २०२३ (वैशाख १ गते २०८०) शुक्रबारका दिन विभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयाँ वर्ष मनाउन लागिएको हो । कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु र योङ नृत्यसहित नयाँ वर्ष मनाउने अध्यक्ष मान गुरुङले बताए ।

बेलुका ५ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रममा लोकदोहोरी गायिका शर्मिला बिसी, गायक सुदीप क्षेत्रीको प्रस्तुति रहने छ । यस्तै, मास्टर कन्सियसनेस कोच इन्द्र गुरुङ र हिलर राजी श्रेष्ठ गुरुङको पनि उपस्थिति रहने छ । कार्यक्रममा उपस्थिति हुनेले मिठो खाना र नेटवर्किङको अवसर पनि पाउने महासचिव डा. विशाल गुरुङले बताए ।

कार्यक्रमका लागि टिकट शुल्क २५ पाउण्ड रहेको छ । बालबालिका र जेष्ठ नागरिकलाई छुटको व्यवस्था रहेको छ । १२ वर्षसम्मका बालबालिकालाई भने १० पाउण्ड र जेष्ठ नागरिकलाई २० पाउण्ड रहेको छ ।

कार्यक्रम भब्यताका साथ मनाउने योजना रहेको जीआरएनसीले जनाएको छ । कार्यक्रमबारे जानकारी लिन वा सम्पर्कका लागि अध्यक्ष मान गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव सुशीला मगर, कोषाध्यक्ष श्याम श्रेष्ठ, सहायक इभेन्ट कोअर्डिनेटर सुष्मा गुरुङ, सांस्कृतिक सचिव दिनेश गुरुङलाई गर्न अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!