तामाङ सोसाइटी यूकेले बाँड्यो सिन्धुपाल्चोकमा छात्रवृत्ति र शैक्षिक सामग्री

SHARE:

लन्डन १७ मार्च २०२३ । तामाङ सोसाइटी अफ यूकेको आर्थिक सहयोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३, खालेगाउँमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

तामाङ सोसाइटी अफ यूकेकी पूर्वअध्यक्ष तथा शिक्षा संयोजक अन्जु योञ्जनको उपस्थितिमा बिहीबार शैक्षिक सामग्री वितरण गरिएको हो । श्री समाज विकास आधारभूत विद्यालयका ४३ जनालाई छात्रवृत्तिस्वरुप कपी, कलम, ट्र्याकसुट, जुत्तासहित ड्रेस वितरण गरिएको कार्यक्रममा सहभागी नेपाल तामाङ कलाकार संघका प्रमुख सल्लाहकार रहेका गायक तथा संगीतकार सन्जीव वाइबाले जानकारी दिए । उनका अनुसार अन्य ४ दर्जन जति विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

सिन्धुपाल्चोक, दोलखालगायतका तामाङ बाहुल्यता रहेका विद्यालयका विद्यार्थीहरुलाई सोसाइटीले हरेक वर्ष छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ । साथै उच्च शिक्षासम्मै थुप्रै विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिरहेको पनि तामाङ सोसाइटी अफ यूकेले जानकारी दिएको छ । तामाङ समुदायका विद्यार्थीको बाहुल्यता रहेको समाज विकास आवि २०४६ सालमा स्थापना भएको हो । उक्त विद्यालयमा तामाङ सोसाइटी यूकेले ४ वर्षदेखि निरन्तर सहयोग दिँदै आएको छ ।

कार्यक्रममा वरिष्ठ सेलो गायक प्रेम लोप्चन, गायक तथा संगीतकार सन्जीव वाइबा, नेपाल तामाङ कलाकार संघका सचिव सुवास मोक्तान, सदस्य आशमान लोप्चनलगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!