लन्डनमा मेयर बालेन शाह र एनआरएन युके अध्यक्ष प्रेम गाहा बिच भेटघाट,के-के भयो कुरा ?

SHARE:

लन्डन १७ मार्च २००२३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले लन्डनमा भेटघाट गरेका छन् ।

विश्वभरका ५० प्रमुख शहरका मेयरहरु सहभागी ‘पार्टनरसीप फर हेल्दी सिटीज् समिट’ नामक सम्मेलनमा भाग लिन आएका मेयर शाहसंग अध्यक्ष गाहामगरले बिहीबार बिहान सेन्ट्रल लन्डनमा भेटेका हुन् ।

दूतावासमा समेत नगएका मेयर शाहले गाहामगरसंगमात्र भेटको समय दिएका थिए । आज शुक्रबार नै फर्कने कार्यक्रम भएकाले एनआरएनए यूकेको सार्वजनिक कार्यक्रममा सहभागी हुन निमन्त्रणा स्वीकार गर्न नसकेपनि मेयर बालेनले बेग्लै एक घण्टा समय छुट्याएका हुन् ।

झण्डै एक घण्टा लामो भेटमा अध्यक्ष गाहामगरले आफ्नो २८ वर्षको बेलायत अनुभव, यहांको स्मार्ट सिटी अवधारणा, वायु प्रदुषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन र ट्राफिक चाप नियन्त्रणमा बेलायतले अपनाइरहेको ’सिस्टम’, ब्रिटिश गोर्खा इतिहास, परिवर्तनका लागि युवा पुस्ताको नेतृत्व आदिबारे कुराकानी गरेको जनाए ।

गाहामगरले काठमाडौंलाई स्मार्ट सिटी बनाउन मेयर बालेनसंग के कस्ता योजना छन् र एनआरएनए यूकेले कसरी सहकार्य गर्न सक्छ भन्ने चासो समेत व्यक्त गरेका थिए ।

प्रत्युत्तरमा मेयर शाहले आफूले भर्खर काम शुरु गरेको र यसमा अनेक चुनौति रहेका बताएका थिए । आफ्नो नीति तथा कार्यक्रम बमोजिम सुरक्षित, प्रदुषण र फोहररहित स्वच्छ पर्यावरणयुक्त शहर, भौतिक पूर्वाधार विकास, सुविधायुक्त सार्वजनिक यातायात, काठमाडौंमा पुराना सवारी साधन हटाएर विद्युतीय सवारी साधनलाई प्रोत्साहन आदि योजना सुनाउंदै मेयर शाहले बेलायतका गैर आवासीय नेपालीको ज्ञान र सीप पनि जरुरी हुने धारणा राखेका थिए ।

गाहामगरले बालेनलाई एनआरएनए आइसीसी पूर्व अध्यक्ष डा. शेष घलेले अगाडि सारेको ग्रीन हाइड्रोजन प्रोजेक्ट सवारी प्रदुषण न्यूनीकरणमा प्रभावकारी हुन सक्ने सुझाउंदै युवा जनशक्ति परिचालनमा आफूहरुले सहयोग गर्न सक्ने अठोट व्यक्त गरेको बताए ।

उक्त भेटमा मेयर शाहले लन्डनको जनसंख्या, नेपालीसहित आप्रवासीको अवस्था आदिबारे पनि जिज्ञासा राखेका थिए ।

बेलायत भ्रमणमा मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष विनोद राजभण्डारी र स्वकीय सचिव भूपदेव शाह पनि छन्।

मेयर बालेन टोली आजै शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!